“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, January 11, 2011

संविधानसभाको अर्को बैठक माघ ३ गते

पुस २७  / झण्डै ६ महिनापछि आज बसेको संविधानसभाको बैठकले आफ्नै कार्यसंचालन नियमावली संसोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।
हालको संविधानसभा नियमावलीमा सबै बिवाद सकिएपछि मात्र एकिकृत मस्यौदा संबैधानिक समितिमा पठाउने प्रावधान रहेकोमा नियमावली परिवर्तन पछि विवाद सहितका मस्यौदा पनि संबैधानीक समितिमा पठाउन सकिने छ ।
आज गठित समितिमा सभासदहरु एकराज भण्डारी, पुष्पा भुसाल, धिरेन्द्र बहादुर श्रेष्ठ, बृजेशकुमार गुप्ता र सन्तबहादुर नेपाली रहनुभएको छ । मस्यौदा समितिले संविधानको पहिलो मस्यौदा तयार गर्नका लागि बाँकि रहेका सबै समितिका प्रतिवेदन संवैधानिक समितिमा पठाउने बाटो खुल्ला गर्ने गरि मस्यौदा तयार गर्नेछ ।संविधानसभाको अर्को बैठक माघ ३ गते सोमबार दिउँसो तीन बजेका लागि डाकिएको छ ।
आज बसेको संविधानसभाको एक सय ३ और्ंर् वैठकले मस्यौदा समितिलाई मस्यौदा तयारी गरि संविधानसभाको वैठकमा पेश गर्न निर्देशन दिएको हो । समितिलाई कार्यसम्पादन नगरेसम्मका लागि समयाबधि दिइएको हो ।
एकिकृत नेकपा माओवादीका प्रमुख सचेतक पेाष्टबहादुर बोगटिले पेश गर्नुभएको संसोधन प्रस्ताव नेपाली काँग्रेसका प्रमुख सचेतक लक्ष्मण प्रसाद घिमिरे र एमालेका सचेतक भिम प्रसाद आर्चायले र्समर्थन गर्नुभएको थियो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika