“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, January 14, 2011

डान्सबारमा, पैसै नतिरी भाग्न खोज्ने आपुर्ती राज्यमन्त्री यादवका पक्राउ

१ माघ, काठमाडौं । राजधानीको सुन्धारास्थित गाजलु आँखा डान्सबारमा गएका आपुर्ती राज्यमन्त्री सरोजसिंह यादव डान्सबारमा खर्च भएको पैसा नतिरी भागेको रहस्य खुलेको छ । डान्सबारमा खाएको ५ बोतल वियर, १४ गिलास वाइन, १० क्यान रेडबुल र हाफ बोतल सिग्नेनेचरको पैसा नतिरी भाग्न खोज्ने राज्यमन्त्री यादवका सहयोगी पक्राउ परेपछि यो रहस्य खुलेको हो । 
गएराती बा १ झ ८३ ८९ नम्बरको सरकारी गाडीमा नेपालको राष्ट्रिय झण्डा फहराउदै राज्यमन्त्री यादव सुन्धारामा अवस्थित गाँजलु आँखा डान्सबारमा पुग्नुभएको थियो ।  डान्सबारमा २ घण्टा रमाइलो गरेपछि पैसा नतिरी भाग्न खोजेपछि डान्सबारका कर्मचारीले गाडी रोक्न खोजेका थिए । बाटोमा खैलाबैला भएपछि पुगेको प्रहरीले राज्यमन्त्रीलाई भगाए पनि राज्यमन्त्रीका सहयोगी विनय कुमार रायलाई भने गाडी सहित नियन्त्रणमा लिएको छ ।  सुन्धारास्थित गाँजलु डान्स बारका अनुसार राज्यमन्त्री यादवले १० हजार  ६ सय ७५ रुपैयाको विल नतिरी भाग्नुभएको हो । राज्यमन्त्री यादव नेपाल सद्भावना पार्टी राजेन्द्र महतो समुहसँग सम्बद्ध हुनुहुन्छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika