“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, January 14, 2011

आज माघे संक्रान्ति, थारु समुदायमा नयाँ बर्षसुरु

१ माघ, काठमाडौं / आज माघ १ गते, नेपालीहरुको विशेष पर्व माघे संक्रान्ति । घिउ, चाकु, तीलको लड्डु जस्ता पौष्टिक पदार्थ खाएर देशैभर माघे संक्रान्ति पर्व मनाइदै छ । साथै तरुल र सखरखण्ड खाई आज रमाइलो गर्ने गरिन्छ । आजको दिनदेखि सुर्य मकर राशीमा प्रवेश हुने र सुर्य उत्तरायण हुने भएकाले आजको दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
माघे संक्रान्तिको अवसरमा आज तनहुँ र चितवनको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रुरु लगायतका क्षेत्रमा आज भक्तजनको घुँइचो लागेको छ ।
तर्राईका विभिन्न जिल्लामा बसोबास गर्ने थारु समुदायमा आजबाट नयाँ बर्षा साथै 'माघी' पर्व सुरु भएको छ । नयाँ वर्षआरम्भका रूपमा लिइने 'माघी' पर्वका अवसरमा थारु वस्तीमा गाउँको मूलघरमा भेला भई खानपिन र नाचगान गरी रमाइलो गरिन्छ ।
माघी पर्वकै अवसर पारेर थारु समुदायमा दाजु-भाइबीच अंशवण्डा सम्बन्धी कामसमेत हुने गर्दछ । गत बर्षो समिक्षा र आगामी बर्षो कार्ययोजना पनि माघमा नै गरिन्छ । पाँच दिनसम्म मनाइने यो पर्वका बेला नदी वा जलाशयमा नुहाई-धुवाई गरिसकेपछि मान्यजनबाट टीका ग्रहण गर्ने, चेलीबेटीलाई माइतीघरमा बोलाएर चामल, दाल, नुनलगायतको अन्न दक्षिणाको रूपमा दिने चलन रहेको छ ।
माघिको अवसरमा महिला र पुरुषले मघौटा नाँचगान गर्ने प्रचलन छ । माघिको मुख्य परिकार ढिक्रि, जाँड र अनदी चामलको रोटी हो । माघिमा थारु समुदायका महिला र पुरुषहरु घर घरमा गएर खानपिन गरी एक आपसमा मायाँ साटासाट गर्ने प्रचलन छ ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायहरुले आज खुलामन्चमा माघी महोत्सवको आयोजना गरेका छन् । सो कार्यक्रममा कामचलाउ प्रधानमन्त्री माधव कुमार नेपालले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika