“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Sunday, January 16, 2011

रेडियो बिहानी अव अनलाईनमा

Radio Bihani 97.6 MHzधादिङबाट प्रसारीत सामुदायीक रेडियो,रेडियो बिहानी ९७.६ मेगाहर्जले आजबाट आफ्नो अनलाइन प्रसारण प्रारम्भ गरेको छ । जनतालाई सचेत अनि शासकलाई जन उत्तरदायी बनाउने उद्देश्यकासाथ २०६६ साल मंसीर १२ गतेबाट आफ्नो प्रसारण प्ररम्भ गरेको रेडियो आजबाट अनलाईनमा सुन्न सकिने भएको हो । अव विश्वका जुनसुकै स्थानमा रहेरपनि http://www.radiobihani.com/  बाट रेडियो बिहानीको नियमित प्रसारण सुन्न सकिने छ । शुरुका दिनहरुमा दैनिक ८ घण्टा प्रशारण हुने रेडियो हाल दैनिक साँढे १७ घण्टा प्रसारण हुँदै आएको छ । रेडियो बिहानी अनलाईन प्रसारण गर्ने धादिङकै पहिलो र एक मात्र रेडियो हो ।शहिद स्मृती सञ्चार सहकारी संस्था लिमिटेड धादिङले सञ्चालन गरेको रेडियो धादिङ, नुवाकोट, गोरखा लगायतका आसपासका जिल्लाहरु सहित पूर्वमा काठमाण्डौ उपत्यका हुँदै रामेछाप र पश्चिममा दाङ,
प्युठान लगायतका जिल्ला सम्म प्रत्यक्ष सुन्न सकीन्छ । सदरमुकाम धादिङबेशी स्थित पुछारबजारमा मुख्य प्रसारण केन्द्र रहेको रेडियोको सुनौला वजार स्थित भैरवी डाँडामा सबस्टेसन रहेको छ । रेडियोमा हाल दैनिक १० बुलेटिन समाचार सहित विविध जनपक्षिय र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुँदै आएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika