“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, January 19, 2011

चालक र बसलाई फुलमालाले स्वागत

रामहरि गजुरेल नुवाकोट, माघ ५ गते 
भौगोलिक रुपमा विकट मानिएको नुवाकोटको शिखरवेसी गाविसका स्थानिय युवाहरुले आफ्नै लगानी र सक्रियतामा मोटरबाटो निर्माण गरि गाउँमा बस पुर्‍याएका छन् । मोटरबाटो निर्माणपछि पहिलोपटक गाउँमा पुगेको बस र चालकलाई स्थानीयवासीले फुलमाला, बाजागाजा र अविरले स्वागत गरेका छन् ।
 शिखरवेशी गाविस वडा नं. ५ मिश्रभन्ज्याङदेखि काफ्ले-चनौटे-लप्सीमुहान हुँदै शिखरवेशी गाविसकै वडा नं. ६ कुवाचौरसम्म तीन किलोमिटर लामो मोटरबाटो निर्माण भएको हो ।
मोटरबाटो निर्माणपछि पुगेको बा १ ख ६८०४ नम्बरको बस र चालकलाई स्थानीयवासीले फुलमाला लगाउनुका साथै रातो अविरले स्वागत गरेका थिए ।
युवाहरुले पाँच लाख रुपैयाँ खर्च गरेर गाउँमा बस पुर्‍याएपछि शिखरबेसीका गाउँलेहरुमा खुसियाली छाएको छ । राजधानी, सदरमुकाम मात्र नभई किनमेलका लागि बजार जान समेत घन्टौँ हिँडेर जान बाध्य बनेका गाउँलेहरुमा नयाँ उत्साह पलाएको हो ।
यस ठाउँमा मोटरबाटो पुगेपछि नुवाकोट जिल्लाकै अतिदुर्गम मानिएको ध्याङ्फेदी, समुन्द्रटार, गाउर्ँखर्क, राउतवेशी, बेतिनी लगाएतका गाविसका बासिन्दाहरुको लागि सुविधा पुगेको छ । नेपालकै  ऐतिहाँसिक प्रख्याति पाएको शिखरवेसीको चामल र त्यस ठाउँका वासिन्दाको प्रमुख आयस्रोतको रुपमा मानिएको  डोका, थुन्चे, भकारी, डाला र नाङ्लाजस्ता हस्तकलाका सामग्रीहरु बजारसम्म पुर्‍याएर आर्थिक गर्जो र्टार्न समेत मद्दत पुगेको छ ।
पर्यटकिय दृष्टिकोणले पर्यटकिय पद्मार्गको रुपमा विकास गर्न सकिने सम्भावना बोकेको शिखरवेसी र ध्याङफेदी गाविसको लागी मोटरबाटोको सुविधाले झनै टेवा पुर्‍याएको स्थानिय युवा लालबहादुर तामाङले बताए । यद्यपि, स्थानीय युवाहरुको सक्रियतामा निर्माण भएको उक्त बाटोको लागि गाउँ परिषद्ले तीनलाख रुपैयाँ दिने निर्णयगरेकोमा दलहरुबीच सहमति नहुँदा सम्झौता गर्न नसकिएको स्थानीय उपभोक्ता रामेश्वर पण्डितले गुनासो गर्नुभयो । उक्त मोटरबाटो सागर कुण्ड हुँदै गोर्साईंकुण्ड पुर्‍याउने लक्ष्य रहेको पण्डितको भनाई छ ।


No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika