“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, January 19, 2011

छ दिनदेखि गाविस कार्यालयमा तालाबन्दी

नवलपरासी, ५ माघ
      नवलपरासीको शिवमन्दिर गाविसमा १६ घर सुकुम्बासीहरुले गत ६ दिन अघि लगाइदिएको ताला अझ खुलेको छैन । गाविस कार्यालयदेखि उत्तर पट्टी रहेको १६ घर सुकुम्बासीहरुले सो जग्गा आफूहरुको नाममा दर्ता गर्नका लागि सिफारिस गरिदिनका लागि माग गर्दै तालाबन्दी गरेर धर्ना दिएका छन् ।
 ग्रामिण आवासीय विकास कम्पनीको नाममा रहेको सो जग्गा गाविसले सिफारिस गरिदिए ग्रामिण आवाशीय विकास कम्पनीले दर्ता गरिदिने जनाएपछि सुकुम्बासीहरु गाविसमा आएपनि सिफारिस नगरिदिएको भन्दै तालाबन्दी गरेर धर्ना दिएका हुन् ।

शिवमन्दिर गाविसका र्सार्वजनिक तथा प्रति जग्गा तथा सुकुम्बासीहरु बस्दै आएको जग्गा भूमाफियाले दर्ता गर्न खोजे पनि यस अघि शिवमन्दिर गाविसको र्सवदलीय सहमतिले गाविस भित्र रहेको कुनै पनि प्रति तथा र्सार्वजनिक जग्गा दर्ताको लागि सिफारिस नगर्ने निर्ण्र्ाागरेको कारण र्सवदलीयले पुन निर्णयनगरेसम्म आफूले सिफारिस गर्न नसक्ने गाविस सचिव खड्कबहादुर थनेतले बताउ“दै आएका छन् । यसैबीच सुकुम्बासीहरुले धर्ना दि“दा चिसोले धर्नाकारीहरु विरामी पर्न लागेको भन्दै चाडो सिफारिसको लागि पहल गरिदिन इलाका प्रशासन कार्यालय कावासोती मार्फ जिल्ला प्रशासन कार्यालय नवलपरासीमा बुधबार ज्ञापन पत्र पठाएका छन् ।
त्यसैगरी गाविस सचिवले एकर्लौटी रुपमा र्सवदलिय संयन्त्रका पदाधिकारीहरुलाई नबोलाईकन गाउ परिषद गरेको भन्दै नवलपरासी मनरी गाविसका स्थानीयवासीहरुले विरोध जनाएका छन् ।
गाविसमा पर्ने ९ वटा वडा मध्ये केही वडाका पदाधिकारीहरुलाई मात्र बोलाएर एकलौटी रुपमा बजेट विनियोजन गरेको भन्दै स्थानीयवासीहरुले गाउ परिषदको विरोध गरेका हुन् ।
मनरी गासिवका सचिव चिरञ्जीवि अर्यालले गत विहिबार १८ औ गाउ परिषद गरेका थिए ।गाउ परिषदमा अधिकांश वडाका पुर्व जनप्रतिनिधिहरु समेत बोलाईएको थिएन । गाउ ठाउको विकास सँग प्रत्यक्ष सम्बन्ध राख्ने गाउ परिषदको बारेमा जानकारी पनि आफुहरुलाई नभएको भन्दै स्थानीयवासीहरुले आक्रोस व्यक्त गरेका छन् ।
साथै उनीहरुले गाविसका सवै वडाका पदाधिकाहरुलाई बोलाएर फेरि गाउ परिषद गर्नुपर्ने माग गरेका छन् ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika