“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, January 20, 2011

एमाले अध्यक्ष खनाललाई कार्यकर्ताले थप्पड हाने


नयाँ पत्रिका सुनसरी, ६ माघ
मञ्चवरिपरि ५० जना सुरक्षाकर्मी तैनाथ थिए, एमालेको युवा दस्ता युथफोर्सका पनि ५० भन्दा बढी स्वयंसेवक सतर्क थिए । एमाले अध्यक्ष झलनाथ खनालले नयाँ एमालेहरूलाई अबिर लगाइरहेका थिए, तर एकजना पुराना एमालेले अध्यक्षको गालामा झापड हाने ।
सुनसरी एमालेले बिहीबार इटहरीमा आयोजना गरेको कार्यक्रममा मञ्चको मुख्य भागमा एमालेका अध्यक्ष झलनाथ खनाल उत्साही थिए, उनले पार्टी प्रवेश गरेका कार्यकर्तालाई रातो टिका लगाएर स्वागत गरिरहेका थिए । मञ्चमा एमाले कोसी अञ्चल संयोजक राजेन्द्र गौतम, सचिव जीवन घिमिरे, सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीलगायतका नेताहरू पनि प्रफुल्लित मुद्रामा थिए । कांग्रेस, माओवादी र राप्रपाबाट ताँतीका ताँती युवा एमालेमा प्रवेश गरिरहँदा सभामा तालीको गडगडाहटसहित हुटिङ भइरहेको थियो ।
एमाले प्रवेश गर्नेहरूको ताँतीमा टोपी र कोट लगाएर एक अधबैँसे पनि मञ्च पुगे । उनी अगाडि पर्नासाथ एमाले अध्यक्ष खनालले खुसी हुँदै हात मिलाए । अब पालो थियो टिका लगाउने । निधारमा रातो टिका लगाई दिन खोज्दा उनले खनालको हात झट्कारेर पन्छाइ दिए ।
एमाले प्रवेश गर्न भनेर लाइनमा आएका सहभागीले हात झट्कारिदिएपछि अध्यक्ष खनालले दुवै हात तल झारेका थिए । त्यही मौका छोपेर ती व्यक्तिले दाहिने हातले खनालको देब्रे गालामा थप्पड हाने । गालामा थप्पड पर्नसाथ खनाल झस्किएर पछाडि हटेका थिए । खनालको चस्मा पनि भुइँमा झरेको थियो । चस्माले खनालको नाकको दाहिने डाँडीमा रगत आउने गरी काटेको छ ।
सुरुमा त खनालको पछाडि उभिएका निजी सुरक्षागार्ड मानराज बाँनिया हेरेको हेरै भए । तर, खनालमाथि आक्रमण भएपछि उनले कुट्ने व्यक्तिलाई धकेल्दै मञ्चबाहिर निकाले । प्रमुख अतिथिमाथि नै हातपात भएपछि माहोल एकाएक तातिएको थियो ।
कार्यकर्ताको भीड कुट्ने व्यक्तितर्फ केन्दि्रत भएको थियो । तत्काल प्रहरीको नियन्त्रणमा रहेका उनलाई नवप्रवेशी तथा पुराना कार्यकर्ताले कुटपिट गर्न थालेपछि जोगाउन प्रहरीलाई हम्मे परेको थियो । त्यसवेलासम्म उनी को हुन् र किन त्यसरी अध्यक्ष खनाललाई थप्पड हानेका हुन्, सबै बेखबर नै थिए ।
प्रहरीको नियन्त्रणमा कार्यकर्ताको कुटाई खाइरहेकै वेला उनले पत्रकारहरूसँग भने, म सुनसरीको भरौल वडा नं १ निवासी देवीप्रसाद रेग्मी हुँ । थप्पड हान्नुभएको भन्ने प्रश्नमा उनले भने, देशलाई बर्बादीतर्फ लगेकाले नेताहरूलाई सचेत गराउन मैले थप्पड हानेको हुँ, देशमा बेरोजगारी बढेको छ । तर, यिनीहरूलाई चिन्ता छैन । यिनैले गर्दा देश यो परिस्थितिमा पुगेको छ । अनि यिनीहरूलाई नकुटे कसलाई कुट्ने त रु
उनले आफूलाई कसैले पनि परिचालन नगरेको दाबी गरे । किन एमालेकै अध्यक्षलाई चाँहि हिर्काउनुभएको भनी पत्रकारहरूले प्रश्न गर्दा उनले भने, म एमालेकै पूर्वकार्यकर्ता हुँ, अहिले एमालेकै नेतृत्वमा सरकार छ, उसैको ९एमालेको० अध्यक्षलाई नहिर्काए कसलाई हिर्काउने त रु
आफू कुनै पार्टीको नेता तथा कार्यकर्ता नभई समान्य ुखेती किसानी भएको उनले बताए । ुम पहिलेदेखि एमाले पार्टी समर्थक हुँ । तर, एमालेले यो देशमा यत्रो वर्ष राजनीति गरेर देशलाई तल धकेल्ने काम गर्‍यो, उनले आरोप लगाए । दसवर्षे जनयुद्धबाट आएको माओवादीले पनि केही गरिहाल्छ की भनेर आफूले मतदान गरेको, तर माओवादीले पनि जनतालाई धोका दिएको आरोप उनले लगाए । नेताहरूको व्यवहारबाट आजित भएपछि उनीहरूलाई सचेत गराउन थप्पड हान्नुपरेको उनले बताए ।
भरौल गाविसका पूर्वगाविस उपाध्यक्ष योग्यराज खड्का अनुसार ४९ वर्षीय रेग्मी दुई छोराका बाबु हुन् । उनी राजनीतिमा भन्दा पनि खेती किसानी गर्ने समान्य किसान हुन् । उनले किन त्यसरी अध्यक्ष खनाललाई थप्पड हाने आफूले बुझ्न नसकेको उनको भनाइ छ । एमालेका तर्फबाट बनेको छानबिन कमिटीका सदस्य नन्द बस्नेतका अनुसार रेग्मी अलि सन्काहा प्रवृतिका व्यक्ति भएकाले कसैले उकासेको भरमा अध्यक्ष खनालमाथि थप्पड हानेका हुन् । एक माओवादी कार्यकर्ताको मोटरसाइकलमा पछाडि बसेर अध्यक्ष खनालको भाषण सुन्न भनेर इटहरी आएको पत्ता लागेको बस्नेतले बताए ।
दुव्र्यवहारपछि पनि अध्यक्ष खनालले कार्यक्रम रोकेनन् । उनले बाँकी नवप्रवेशी कार्यकर्तालाई टिका लगाई दिए, तर बडो सतर्कतापूर्वक । उनले करिब २० मिनेट भाषण पनि गरे । उनले भाषण अवधिमा दुव्र्यबहारको प्रसंगै उठाएनन् । बरू शान्ति, संविधान र नयाँ सरकारबारे मात्रै बोले । मन्तव्य सकिएलगत्तै मञ्चबाट ओर्लिएका उनले पत्रकारहरूसँग छोटो कुरा गर्दै यस्ता झिना मसिना कुरामा आफू नअल्झने प्रतिक्रिया दिए ।
कार्यक्रमपछि कडा सुरक्षासाथ इटहरी नगरपालिकाअगाडिको होटल रोयलमा प्रवेश गरेका खनालले पाउरोटी र एक गिलास दुध खाएका थिए । होटलमा कुरा गर्न आग्रह गर्दा प्रहरी र कार्यकर्ताले पत्रकारलाई भित्र प्रवेशमा रोक लगाएका थिए ।
एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले घटना दुःखद भएको बताए । यसमा कसैको षड्यन्त्र भएको उनले बताए । राज्यले २४ घन्टाभित्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनले माग गरे । उनले रेग्मी माओवादी कार्यकर्ता भएको दाबी गर्दै घटना नियोजित भएको दाबी गरे ।
खनालमाथि हातपात भएको खबर फैलिएपछि पूर्वक्षेत्रका प्रहरी प्रमुख डिआइजी विनोद सिंह, एसएसपी मिङमार लामा, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, सुनसरी प्रहरी प्रमुख भूपाल भण्डारीलगायतको टोली इटहरी आई घटनाका विषयमा जानकारी लिएको थियो । सो टोलीले अध्यक्ष खनाललाई होटल मितेरीमै भेटेर दुःख व्यक्त गरेको थियो । पूर्वक्षेत्रका प्रहरी प्रमुख सिंह र प्रमुख जिल्ला अधिकारी थपलियाले तत्काल छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने बताएका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी थपलियाले घटना ज्यादै दुःखद् भएको प्रतिक्रिया दिए । मैले आरोपी रेग्मीसँग पनि कुराकानी गरेँ, केही दिनमै घटनाको विषयमा सत्यतथ्य बाहिर आउनेछ, उनले भने । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्यामल सुब्बाले सुरक्षामा कुनै पनि कमजोरी नगरेको दाबी गरे । उनले एमालेकै स्वयंसेवकका कारण यस्तो घटना भएको बताए । छानबिनपछि कारबाही प्रक्रिया अगाडि बढाउनेसमेत उनले बताए ।
खनालाई विदाई गरेपछि एमाले जिल्ला कमिटी सुनसरीको सचिवालयको बैठक बसेर पार्टीका सुनसरी उपाध्यक्ष मोतिराज सुनुवारको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । समितिका सदस्यहरूमा केशव विष्ट र नन्द बस्नेत छन् । सो समितिले पाँच दिनभित्र घटनाको प्रतिवेदन सार्वजनिक गर्नेछ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika