७ माघ, काठमाण्डौं । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिले उपाध्यक्ष डा.बाबुराम भट्टराईले पेश गरेको फरकमतलाई पार्टीका तल्ला कमिटीसम्म प्रवाह गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न भएको बैठकले भट्टराईको फरकमतलाई सेल कमिटिसम्मै प्रवाह गर्ने निर्णय गरेपनि पार्टीका प्रशिक्षणमा भने बहुमतले पारित गरेको आधाकारिक लाइनलाई नै प्रर्बद्धन गर्ने निर्णय गरेको छ ।
बैठकपछि केन्द्रीय सदस्य बामदेव क्षेत्रीले भन्नुभयो-
’काठमाडौंको प्रशिक्षणमा जस्तो अब भट्टराईलाई आफ्ना कुरा राख्न बन्देज लगाइदैन ।’ क्षेत्रीका अनुसार प्रशिक्षणमा भट्टराईको फरकमत छ भन्ने जानकारी दिइएपनि कार्यकर्तालाई बहुमतले पारित बिद्रोहको कार्यदिशाबारे नै प्रशिक्षण दिइने छ । सबै कमिटिहरुमा फरकमतलाई प्रवाह र छलफल गरेपनि प्रशिक्षणमा छलफल नगर्ने निर्णयमा भट्टराईपक्षले चित्त बुझाएको छ । यसअघी भट्टराइले फरकमतलार्इ प्रशिक्षणमा लैजान पाउनु पर्ने माग राख्नु भएको थियो ।’तर बहुमतको सो निर्णयबिरुद्ध पनि भट्टराईले नोट अफ डिसेन्ट लेख्नुभएको छ ।’ पार्टी बिधानअनुसार प्रशिक्षणमा फरकमत राख्न निषेध गरेपछि आफुले बहिस्कार गर्नु एकमात्र बिकल्प भएको भन्दै भट्टराईले आफ्नो कदमलाई गल्ती मान्ने बहुमत केन्द्रीय सदस्यको निर्णयप्रति नोट अफ डिसेन्ट लेख्नुभएको हो ।’भट्टराईको भनाई उदृत गर्दै शर्माले भन्नुभयो-’यसलाई कसैले बहिस्कार बुझ्छ भने त्यसमा मेरो भन्नु केही छैन र मैले गल्ती गरेको पनि छैन् ।’ भट्टराईको यो अडानपछि प्रशिक्षण बहिस्कार र जनादेशका सम्पादक हटाउने कदमलाई गल्ती मान्दै बहुमतले आलोचनाको निर्णय गरेको थियो ।
बैठकले प्रशिक्षण बहिस्कार गर्ने उपाध्यक्ष भट्टराईको कदमलाई गल्ती भन्दै आलोचना गरेको छ । क्षेत्रीले भन्नुभयो-
प्रचण्ड पक्षले प्रशिक्षण बहिस्कार र जनादेशका सम्पादक कोमल बराललाई निष्काशन गर्ने भट्टराईको कदम गल्ती भएको भन्दै बैठक हलमै त्यसलाई स्वीकार्न सुझाव दिएको थियो । त्यसो गरे बैठकले आलोचनाको निर्णय नगर्ने प्रचण्ड बैद्य पक्षको प्रस्ताव भट्टराईले अस्वीकार गर्नुभएको केन्द्रीय सदस्य नारायण शर्माले जानकारी दिनुभयो । म पार्टीको सार्बभौम कार्यकर्ता हुँ, मेरो सहमति नभएका कार्यक्रममा म नजान सक्छु-
शुक्रबारको बैठकमा सवै पोलिटब्युरो र केही केन्द्रीय सदस्यले बोलेपछि बोल्न इच्छुक ५६ जनाको नाम सूचीकृत गरिएको थियो । धेरै छलफल गर्न असम्भव भएको भन्दै बैठकलाई बिचमै रोकेर बसेको पदाधिकारीको वैठकले बिबाद समाधानको माध्यमार्गी बाटो तय गरेको थियो । बिबाद भएपछि गत शनिवारपछि स्थगित गरिएका प्रशिक्षण कार्यक्रमहरु माघ २१ गतेदेखि सुचारु गरिने भएको छ । यस्तै वैठकले माओवादीको मुखपत्रका सम्पादक कोमल बराललाई पुर्नवहाली गर्ने निर्णय गरेको छ । प्रचार बिभाग प्रमुखसमेत रहेका भट्टराईको अन्तरवार्ता छाप्न नमानेपछि बरालले पदबाट मौखिक राजीनामा दिनुभएको थियो ।onlinekhabar.com

No comments:
Post a Comment