९ माघ / एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण बन्दै गएको बताउनु भएको छ । मुख्य तीन दलबीच भएको पछिल्लो सहमति र जनसेनालाई विशेष समिति मातहत ल्याउने शक्तिखोरको कार्यक्रमपछि राष्ट्रिय सहमतिको वातावरण मजबुत बन्दै गएको उहाँको भनाई छ ।
क्रान्तिकारी पत्रकार संघ मकवानपुरले आज विहान हेटौडामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले शान्तिप्रक्रिया र संविधान निर्माण माओवादीको पहलमा अघि बढिरहेकोले अबको सरकारको नेतृत्व पनि माओवादीले नै गर्न पाउनुपर्ने बताउनुभयो । माओवादी शान्तिप्रक्रियाको विरोधी छ भन्ने व्यक्ति र सन्चारमाध्यमहरुलाई शक्तिखोरको कार्यक्रमले गलत साबित गरिदिएको भन्दै उहाँले राष्ट्रपतिले थपेको पाँच दिनको समयभित्रै सहमति हुने विश्वास पनि व्यक्त गर्नुभयो । माओवादी नेतृत्वमा सहमतिको सरकार गठन भए आगामी जेठ १४ गते भित्रै नयाँ संविधान जारी गर्न सकिने उहाँको भनाई छ ।
सरकारको नेतृत्वबारे पार्टर्ीीत्र कुनै विवाद नभएको दावी गर्दै अध्यक्ष प्रचण्डले पार्टर्ीीभत्र देखिएको फरकमतको विवाद केन्द्रीय समिति बैठकले सकारात्मक र रचनात्मक ढङ्गले समाधान गरिसकेको जानकारी दिनुभयो ।
No comments:
Post a Comment