“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, January 11, 2011

पौडेलको विपक्षमा मतदान गर्ने एमालेको स्थाई समितिको निर्णय

पुस २७ / नेकपा एमालेको आज बसेको स्थाई समिति बैठकले कांग्रेस उमेदवारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
ओली पक्षको त्रि्र दबाबका बाबजुत बैठकले केन्द्रीय समितिको पुरानै निर्णयलाइ पारित गरेको हो । एमालेको यस अघि बसेको केन्द्रीय समिति बैठकले एकिकृत नेकपा माओवादीलाई व्यवस्थापीका सदनमा दर्ता गराएको विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो भने कांग्रेससले रामचन्द्र पौडेलको उमेदवारी फिर्ता नलिए विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

आजको बैठकपछि संचारकर्मीसंग कुरागर्दै महासचिब इश्वर पोखरेलले पुरानै निर्णय अनुमोदित भएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री नेपाल र नेता केपी ओलीले भने कांग्रेस संगको सहकार्य तोड्न नहुने बताउनुभएको थियो । उहाँहरुले माओवादी नेतृत्वको सरकार स्वीकार गर्न नसकिने जिकीर गरेको स्रोतको भनाई छ ।
यसैविच नेकपा एमालेले आफ्ना सभासद्हरुलाई प्रधानमन्त्रीका उम्मेद्धार रामचन्द्र पौडेलको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेको छ ।
मुख्य सचेतक भीम आचार्यले एक विज्ञप्ति जारी गरी भोलीको बैठकमा अनिवार्य उपस्थित भई पौडेलको विपक्षमा मतदान गर्न निर्देशन दिनु भएको हो ।
पौडेलको विपक्षमा मतदान गरे सहकार्य तोड्ने भनेर नेपाली काङ्ग्रेसले दिएको धम्कीबारेको जिज्ञासामा एमाले सचिब युवराज ज्ञवालीले त्यसको कुनै अर्थ नरहेको बताउनुभयो ।
प्रधानमन्त्रीले राजीनामा दिइसकेको कामचलाउ सरकारबाट जति मन्त्री फिर्ता भए पनि कुनै अर्थ नरहने उहाँको भनाई थियो । उता एमाले भित्रका माधव ओली पक्षले तत्काल केन्द्रीय समितिको बैठक बोलाई काग्रेसको प्रस्तावको पक्षमा निर्णय गर्न दवाव दिएको छ ।
आज विहान वालु वाटारमा प्रधानमन्त्री माधव कुमार नेपाल , केपी वली लगायतकाले अलग्गै बैठक गरी यस्तो दवाव दिएपछि सस्थापन पक्ष रुष्ट वनेको छ । माधव ओली पक्षले काग्रेससगको सहकार्य तोड्न नहुने भन्दै यस्तो दवाव दिएका हुन् ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika