“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, January 11, 2011

रामचन्द्रलाई उमेदवारी फिर्ता लिन माओबादीको औपचारिक आग्रह

२७ पुस, काठमाडौं  / एकीकृत नेकपा माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न काँग्रेस र एमालेसँग आग्रह गरेको छ । प्रधानमन्त्रीका एक मात्र उमेदवार रामचन्द्र पौडेललाई आफ्नो उमेदवारी फिर्ता लिन औपचारिक आग्रह गरेको उपाध्यक्ष नारायणकाजि श्रेष्ठ प्रकाशल जानकारी दिनुभयो ।  आज पार्टीको संविधानसभा दलको कार्यालय सिंहदरबारमा बसेको केन्द्रीय कार्यालयको बैठकले निर्वाचनको समय अगावै उमेदवारी फिर्ता लिन पौडेललाई आग्रह गरेको हो ।
बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै माओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमालेसमेतको सहमतीमा पौडेललाई उमेदवारी फिर्ता लिन आग्रह गरिएको र फिर्ता नभए विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
साथै बैठकले अनमिनको बहिगर्मनपछि सेना तथा हतियारको अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गर्न प्रस्ताव गरेको छ । अनमिन नेपालबाट जाने निश्चित भैसक्दा पनि विकल्पको बारेमा सत्तारुढ दलहरु गम्भीर नभएकोमा माओबादीले चिन्ता व्यक्त गरेको पनि उपाध्यक्ष प्रकाशले जानकारी दिनु भयो ।
यस्तै पार्टीको साँगठनिक कार्यविभाजन टुङ्ग्याउन यसअघि बनेको महासचिव रामबहादुर थापा बादल नेतृत्वको कार्यदललाई पुनः क्रियाशिल बनाउने निर्णय भएको उपाध्यक्ष प्रकाशले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika