“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Sunday, January 2, 2011

माइक्रोबस दुर्घटना १७ जना घाइते

धादिङबेसीबाट मलेखुतर्फजाँदै गरेको बा १ ज ८९६४ नं को

पुस १८ गते /  धादिङबेसीबाट मलेखुतर्फजाँदै गरेको बा १ ज ८९६४ नं को माइक्रोबस कुम्पुर ४ परेवाटार पल्टिँदा १७ जना घाइते भएका छन् । घाइते मध्ये ३ को अवस्था गम्भिर रहेको छ ।  माक्रोबस अनियन्त्रित भएर आज दिउँसो सडकमा पल्टँदा गम्भिर घाइते भएका २ जनालाई उपचारकोलागि काठमाण्डौ पठाइएको गजुरी प्रहरीले जानकारी दिएको छ ।
अर्का एक जनाको बैरेनी स्थित नेपाली सेनाको ६ बाहीनीमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भिर घाइते हुनेहरुमा मुलपानी १ का २६ वषिर्य ज्ञानु थापा, पिंडा-५ का ३४ वषिर्य नवराज श्रेष्ठ र साँकोष-२ का ६८ वषिर्य छविलाल ढुंगाना रहनु भएको छ । दुर्घटनामा सामान्य घाइते भएका अन्य १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika