“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, January 25, 2011

विद्यालयलाई १० लाख बराबरको जग्गा निशूल्क दान

रामहरि गजुरेल
नुवाकोट, माघ ११ गते ।
नुवाकोट जिल्लाको दुइपिपल गाविसमा रहेको गणेशस्थान प्राथमिक विद्यालयलाई एक समाजसेवीले दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा निशूल्क रुपमा प्रदान गरेका छन् ।
दुइपिपल गाविस वडा नं. ८ टा्ड्केमा रहेको सो विद्यालयलाई सोही स्थानका तिर्थ बहादुर तामाङले एक रोपनी सात आना जग्गा निशूल्क रुपमा आज जिल्ला मालपोत कार्यालय विदुरमा विद्यालयको नाममा पास गरिदिएका हुन् ।
दुइ नं. सैनिक तालिम केन्द्र धनकुटामा जम्दारको रुपमाख कार्यरत समेत रहेका तिर्थ बहादुर तामाङले विद्यालयमा भवन बनाउन र खेलकुदको लागी समेत जग्गा नभएपछि आफैँले निशूल्क दान गर्नुभएको स्थानिय अभिभावक दर्ुलभ तामाङले बताउनुभयो ।
२०३५ सालमा स्थापना भएको सो विद्यालयमा जग्गा अभावले सुविद्यायुक्त भवन बनाउन नसकिरहेको अवस्थामा तामाङले शैक्षिक विकासमा देखाएको चासो प्रशंसनिय रहेको प्रद्यानाध्यापक धनबहादुर थापामगरको भनाई छ ।
विभिन्न कारणले विद्यालयलाई निमावि हुँदै मावि बनाउने लक्ष्य अधुरै रहेकोमा विद्यालयलाई मिलेको सहयोगले लक्ष्य पुरा हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार भण्डारीले बताए ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika