“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, January 26, 2011

माओवादीको पहिलो बन्दुक कस्तो थियो र त्यहि पहिलो बन्दुकको कथा

माओवादीले जनयुद्धको तयारी गर्दा एउटा मात्र बन्दुक थियो । त्यही बन्दुक लिएर प्रचण्ड, किरण, बादल लगायतका नेताले गुरिल्ला युद्ध सिके, उनीहरू मार्फत माओवादीका धेरै नेता र कार्यकर्ताले बन्दुक चलाउन सिके। एउटा बन्दुकको बलमा विस्तार भएको माओवादी सेना शान्ति प्रक्रिया अन्तर्गत शनिबारदेखि विशेष समिति मातहत पुगेको छ । यही सन्दर्भमा प्रस्तुत छ, माओवादीको पहिलो बन्दुकको कथाः
जहाँ फौजी कारबाही हुन्छ,त्यहाँ पुर्‍याउनै पर्ने भएपछि ती राइफल निकै व्यस्त थिए। त्यसैले उतिवेला माओवादीले ती राइफललाई कार्यकर्ता जस्तै होलटाइमर नाम दिएको माओवादी सैन्य कमान्डरहरू बताउँछन्। ०५३ र ५४ तिर ती राइफल कहिले तालिमका लागि त कहिले कारबाहीका लागि रोल्पा, रुकुम र जाजरकोट हिँडायौँ। निकै व्यस्त भए राइफल। एक दिन एक ठाउँमा बस्न नपाउने। त्यही भएर हामीले ती राइफलको नाम होलटाइमर राख्यौँ। त्यसपछि ती राइफलको नाम सधैँ होलटाइमर भयो त्यही कारण ती राइफल अहिले पनि होलटाइमरका नाममा चिनिन्छन्, उनले भने। थि्रनटथ्री राइफलमा एक म्यागजिन गोली पनि थिए। तर, सशस्त्र संघर्षका लागि चाहिन्छ भन्दै तालिममा एउटा पनि गोली प्रयोग गरिएको थिएन। माओवादी सेनाका कमान्डर पासाङका अनुसार त्यो राइफल अहिले जनसेनाको पाँचौँ
डिभिजनमा छ। माओवादी नेता दिनेश शर्मा ९जो पहिलो र दोस्रो तालिममा सहभागी थिए० का अनुसार सो प्रशिक्षणपछि दुई राइफलमध्ये पश्चिमका लागि एउटा र पूर्वका लागि अर्को पठाइएको थियो। पश्चिममा गएको राइफलबाट धेरैले तालिम लिए पनि पूर्व पठाइएको राइफलको चर्चा अलि कम हुने गरेको छ। त्यतिवेला गोली नभए पनि दुइटा राइफल हुँदा के-के न धेरै छ भन्ने लाग्थ्यो। एउटा दरिलो आत्मविश्वास थियो, माओवादी सचिव पोष्टबहादुर बोगटी दिवाकर सम्झन्छन्। उनले पार्टीको नीतिअनुसार गोरखाबाट तनहुँमा ल्याइएको राइफल एउटा निजी गाडीमा राखेर दाङ पुर्‍याएका थिए।मैले ड्राइभरले नदेखोस् भनेर गाडीको सिटपछाडि लुकाएर राखेँ, सुवेदीले ०५२ पुस २१ गतेको घटना सम्भmदै भने, बन्दुक गाडीमा राखेपछि हामी त्यहाँबाट हिँड्यौँ। राति २ बजे दाङको बिजौरीमा पुगेर पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र पुनलाई राइफल जिम्मा दिएँ।। त्यो होलटाइमर राइफललाई हामीले रेाल्पाको होलेरी चौकी आक्रमणमा प्रयोग गरेका थियौँ, सोनामले भने, अनन्त कमरेडले समात्नुभएको थियो, जनयुद्धको पहिलो कारबाहीका लागि होलटाइमरु राइफलको महत्त्वपूर्ण भूमिका रह्यो।। अनमिनको तथ्यांकमा नेपाली सेनाका २ हजार ८ सय ५५ र माओवादी लडाकुका ३ हजार ४ सय ७५ हतियार दर्ता छन्। हतियार फरक-फरक प्रकृतिका छन्।। सशस्त्र संघर्षका लागि हतियार पहिलो आवश्यकता ठानेपछि प्रचण्डले त्यसको व्यवस्थापनका लागि पहल सुरु गरे। तत्कालीन अवस्थामा पार्टीभित्र छलफल गर्दै जाँदा माओवादी नेता देव गुरुङले प्रचण्डलाई आफूले हतियारको बन्दोबस्तका लागि पहल गर्ने जानकारी दिए।। गुरुङका मामा गणेशबहादुर गुरुङले त्यतिवेला खम्पा विद्रोहीहरू मनाङ आउँदा ल्याएका थिए, ती राइफल। प्रचण्ड र बादलले मनाङबाट बन्दुक ल्याएपछि तत्कालीन पार्टी नेतृत्वमा रहेकाहरूलाई तालिमका लागि पहल सुरु गरिएको थियो।। म काठमाडौं नियमित आउनेरजाने गर्थें, कहिले विकासका काम लिएर त कहिले पार्टीका काममा। म ०५२ पुसमा पनि काठमाडौं आएको थिएँ। त्यस वेला पनि पार्टी महामन्त्री प्रचण्डसँग भेट भयो। उहाँले मलाई जनयुद्धको अन्तिम तयारीका लागि बन्दुक रोल्पा पुर्‍याउनुपर्ने योजना सुनाउनुभयो। मैले पार्टीको योजनाअनुसार बन्दुकलाई लिएर जाने सहमति भयो।। चितवनमा जाँदा त्यहाँ पार्टीका साथीहरूले पिकअप गाडी तयार बनाउनुभएको रहेछ। त्यही गाडीमा बसेर हामी चितवनबाट तनहुँतर्फ गयौँ।। त्यहाँ पुग्दा साँझको ७ बजेको थियो,हाल केन्द्रीय सदस्य रहनुभएका हरि अधिकारीलगायतका साथीले राइफल हामीलाई दिनुभयो। मैले ड्राइभरले नदेखून् भनी गाडीको सिटको पछाडिपट्टि राइफल लुकाएर राखेँ। सकेसम्म ड्राइभरलाई राइफल नदेखाउने भन्ने थियो। बन्दुक गाडीमा राखेपछि हामी त्यहाँबाट हिँड्यौँ।। राति १२ बजे गोरुसिंगेमा पुग्यौँ र खाना खायौँ। त्यसपछि दाङको बिजौरी पुग्यौँ, राति दुई बजे। बिजौरीमा पुगेपछि त्यहाँ सम्पर्क दिइएको थियो, हाल पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र पुनलाई राइफल जिम्मा दिएँ।। म जिल्ला विकास समितिको सभापति थिएँ, पार्टीले जिम्मा दिएपछि जोखिमपूर्ण भएपनि काम गरेँ। पार्टीले विश्वास गरेकोमा खुसी लाग्यो। बाटोमा सुरक्षा जाँच केही भए। मैले राइफल लिएर हिँड्नुपूर्व नै योजना बनाएको थिएँ, यदि जाँच भयो भने के भन्ने विषयमा।। त्यसैले सुरक्षा जाँच भएर राइफल भेटियो भने मेरो जीवनमा खतरा रहेकाले बन्दुक बोकेर हिँडेको भन्ने सोचेको थिएँ। पुसको तेस्रो साता राइफल रोल्पामा पुग्यो। १ फागुन ०५२ मा त्यो राइफल प्रयोग गरी होलेरी प्रहरीचौकीमा आक्रमण भयो। म त्यो आक्रमणमा भने सहभागी थिइनँ। तर, त्यहाँ आक्रमण गरेको भनेर मलाई गिरफ्तार गरियो र जेल पठाइयो। एक वर्षपछि पुनरावेदन अदालतको आदेशमा रिहा भएँ।। जनयुद्ध सुरु भएकै दिन फागुन १ मा हामीले होलेरी प्रहरीचौकीमा आक्रमण गरेका थियौँ, त्यही बन्दुकबाट।। जनयुद्ध सुरु भएपछि रोल्पामा १२ वटा सैन्य स्क्वायड बनायौँ। जसमध्ये उत्तरपूर्वी क्षेत्र थवाङ, जलवाङलगायतका क्षेत्र मैले हेरेको थिएँ। त्यसपछि हामीले तालिम दिन थाल्यौँ। १२ वटा स्क्वायडमध्ये उत्तरपूर्वी क्षेत्रका तीनवटा स्क्वायडमा तालिमका लागि राइफल आएको थियो।। तालिम चलायौँ, ठाउँठाउँमा त्यो बन्दुकबाट। त्यसलाई कसरी चलाउने भन्ने सिकायौँ। बन्दुक चलाउँदै गर्दा त्यसको च्याम्बरमा खिया लागेको पनि देखिन्थ्यो। एकपटक हानेपछि फेरि सेट गरेर हान्नुपर्ने हुन्थ्यो। गज हाल्दै पड्काउँदै गर्नुपर्ने भएपछि हामी त्यसलाई गजे राइफलु पनि भन्थ्यौँ। एकपटकमा एक राउन्ड मात्र हान्न मिल्थ्यो त्यतिवेला। निकै व्यस्तजस्तो भयो राइफल। एक दिन एक ठाउँमा बस्न नपाउने। त्यही भएर हामीले त्यो राइफलको नाम होलटाइमर राख्यौँ। त्यसपछि त्यो राइफलको नाम सधैँ होलटाइमर भयो। राइफल अहिले पनि होलटाइमरका नामले चिनिन्छ।। लिंग्रीमा भएको कारबाहीमा हामीले प्रहरीका दुइटा राइफल कब्जा गर्‍यौँ । त्यसपछि हामीले अरू बन्दुक कब्जा गर्दै गयौँ। ०५५ को मंसिरतिर एकैपटक आठवटा राइफल कब्जा भए। त्यो होलटाइमर बन्दुक पुरानोजस्तै भएको थियो। त्यसपछि हामीले त्यसलाई प्रयोग गरेनौँ। त्यसलाई सुरक्षित राख्यौँ युद्धकालभर। अहिले पाँचौँ डिभिजनमा छ जस्तो लाग्छ मलाई।। त्यो कारबाहीमा म पनि सहभागी थिएँ । हामीसँग त्यो होलटाइमर राइफलबाहेक केही भरुवा बन्दुक र घरेलु हतियार थिए। राइफल अनन्तले समात्नुभएको थियो। उहाँले प्रहरीचौकीमाथि फायरिङ खोल्नुभएको थियो राइफलबाट। करिब तीन घन्टा त्यहाँ भिडन्त भयो। गजमा समस्या थियो राइफलको, त्यसकारण राइफल कक गर्दै हान्नुपथ्र्या। एकपटक कक गरेपछि एकचोटि फायर गर्न मिल्ने थियो। तैपनि जनयुद्धको पहिलो कारबाहीमा त्यो राइफलले महत्त्वपूर्ण भूमिका खेल्यो। त्यहाँबाट हामीले केही विस्फोटक पदार्थ कब्जा गर्‍यौँ। हतियारको भण्डारमा प्रहरीको राम्रो कभर रहेछ, त्यहाँ कब्जा गर्न सकिएन। हामी होलटाइमर राइफलसहित आफ्ना हतियार लिएर फक्र्यौं।युद्ध सुरु गर्नुपूर्व ०४५ सालमा नै व्यवस्था गरिएको राइफलको नाम युद्धकालमा होलटाइमरु राखिएको थियो माओवादी सेनाका डिभिजन कमान्डर शरदले होलटाइमरको कथा सुनाए माओवादीको पहिलो सैन्य तालिमका प्रशिक्षक टिबी पाठकका अनुसार दुई बन्दुकमध्ये एउटा थि्रनटथ्री राइफल र अर्को मार्कफोर राइफल थियो माओवादीले ०४५ मा पहिलो र ०५२ पुसमा पनि तिनै बन्दुकबाट गोरखामै दोस्रो चरणको सैन्य प्रशिक्षण गराएको थियो पश्चिमका लागि छुट्याइएको राइफल तत्कालीन रोल्पा जिल्ला विकास समितिका सभापति झक्कुप्रसाद सुवेदीले तनहुँबाट रोल्पा पुर्‍याएका थिए।
गोरखाको पार्टी च्यानलका साथीले राइफल लिएर तनहुँको सत्रसय भन्ने ठाउँमा आउने र हामीले त्यहीँबाट लिएर हिड्ने योजना थियो,गोरखाबाट आएका कमरेडहरूले राइफल हामीलाई दिनुभयो । माओवादी पोलिटब्युरो सदस्य कुलप्रसाद केसी सोनामले त्यो राइफल पहिलोपटक रोल्पाको होलेरी प्रहरी चौकी आक्रमणमा प्रयोग गरिएको बताए शान्ति सम्झौताअनुसार माओवादी लडाकुसँग भएको होलटाइमरुसहित सबै हतियार अनमिनमा दर्ता छन्। ०४५ मा तत्कालीन मशालको महासचिव भएपछि प्रचण्डले जनयुद्धका लागि प्राविधिक तयारीमा जोड दिए नेता गुरुङकै पहलमा ती राइफल प्रचण्ड र बादलले माओवादी नेता देव गुरुङका मामा गणेशबहादुर गुरुङ जो मनाङका बाट ल्याएका थिए।
यसरी पुग्यो रोल्पामा राइफल
झक्कुप्रसाद सुवेदी, केन्द्रीय सदस्य, माओवादी
०४९ को स्थानीय निर्वाचनमा म रोल्पा जिल्ला विकास समितिको सभापति भएँ । म काठमाडौं नियमित आउने/जाने गर्थें, कहिले विकासका काम लिएर त कहिले पार्टीका काममा । म ०५२ पुसमा पनि काठमाडौं आएको थिएँ । त्यस वेला पनि पार्टी महामन्त्री प्रचण्डसँग भेट भयो । उहाँले मलाई जनयुद्धको अन्तिम तयारीका लागि बन्दुक रोल्पा पुर्‍याउनुपर्ने योजना सुनाउनुभयो । मैले पार्टीको योजनाअनुसार बन्दुकलाई लिएर जाने सहमति भयो 
पुस २१ गतेतिर म काठमाडौंबाट केही साथीका साथ चितवन हिडेँ । चितवनमा जाँदा त्यहाँ पार्टीका साथीहरूले पिकअप गाडी तयार बनाउनुभएको रहेछ । त्यही गाडीमा बसेर हामी चितवनबाट तनहुँतर्फ गयौँ 
तनहुँको सत्रसय भन्ने ठाउँमा गोरखाको पार्टी च्यानलका साथीहरूले राइफल लिएर आउने र हामीले त्यहीँबाट लिएर हिँड्ने योजना थियो । त्यहाँ पुग्दा साँझको ७ बजेको थियो, हाल केन्द्रीय सदस्य रहनुभएका हरि अधिकारीलगायतका साथीले राइफल हामीलाई दिनुभयो । मैले ड्राइभरले नदेखून् भनी गाडीको सिटको पछाडिपट्टि राइफल लुकाएर राखेँ । सकेसम्म ड्राइभरलाई राइफल नदेखाउने भन्ने थियो । बन्दुक गाडीमा राखेपछि हामी त्यहाँबाट हिँड्यौँ 

ड्राइभरले के राखेर लुकाए भन्ने आशंका गरेका थिए । राति १२ बजे गोरुसिंगेमा पुग्यौँ र खाना खायौँ । त्यसपछि दाङको बिजौरी पुग्यौँ, राति दुई बजे । बिजौरीमा पुगेपछि त्यहाँ सम्पर्क दिइएको थियो, हाल पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र पुनलाई राइफल जिम्मा दिएँ 
त्यतिवेला कांग्रेस सरकारले धरपकड सुरु गरेको थियो, हामीमाथि । म जिल्ला विकास समितिको सभापति थिएँ, पार्टीले जिम्मा दिएपछि जोखिमपूर्ण भएपनि काम गरेँ । पार्टीले विश्वास गरेकोमा खुसी लाग्यो । बाटोमा सुरक्षा जाँच केही भएन । मैले राइफल लिएर हिँड्नुपूर्व नै योजना बनाएको थिएँ, यदि जाँच भयो भने के भन्ने विषयमा 
मलाई केही समय पहिला कांग्रेस सम्बद्ध मान्छेले दाङमा आक्रमण पनि गरेका थिए । त्यसैले सुरक्षा जाँच भएर राइफल भेटियो भने मेरो जीवनमा खतरा रहेकाले बन्दुक बोकेर हिँडेको भन्ने सोचेको थिएँ । पुसको तेस्रो साता राइफल रोल्पामा पुग्यो । १ फागुन ०५२ मा त्यो राइफल प्रयोग गरी होलेरी प्रहरीचौकीमा आक्रमण भयो । म त्यो आक्रमणमा भने सहभागी थिइनँ । तर, त्यहाँ आक्रमण गरेको भनेर मलाई गिरफ्तार गरियो र जेल पठाइयो । एक वर्षपछि पुनरावेदन अदालतको आदेशमा रिहा भएँ 
यसरी भयो राइफलको नाम होलटाइमर
शरद, डिभिजन कमान्डर, जनसेना
जनयुद्ध सुरु गर्नुपूर्व पार्टीले व्यवस्था गरेको राइफल रोल्पा पुगेको थियो । जनयुद्ध सुरु भएकै दिन फागुन १ मा हामीले होलेरी प्रहरीचौकीमा आक्रमण गरेका थियौँ, त्यही बन्दुकबाट जनयुद्ध सुरु भएपछि हामीले सैन्य क्षेत्रमा आफ्नो विकास गर्न थाल्यौँ र तालिम चलाउने निर्णय गर्‍यौँ । जनयुद्ध सुरु भएपछि रोल्पामा १२ वटा सैन्य स्क्वायड बनायौँ ।जसमध्ये उत्तरपूर्वी क्षेत्र थवाङ, जलवाङलगायतका क्षेत्र मैले हेरेको थिएँ 
अनन्त कमरेडले पहिला हामीलाई बन्दुक चलाउन सिकाउनुभयो । त्यसपछि हामीले तालिम दिन थाल्यौँ । १२ वटा स्क्वायडमध्ये उत्तरपूर्वी क्षेत्रका तीनवटा स्क्वायडमा तालिमका लागि राइफल आएको थियो 
मेरै नेतृत्वमा तीनवटा स्क्वायडमा एक महिनाजति बन्दुक रह्यो तालिमका लागि । तालिम चलायौँ, ठाउँठाउँमा त्यो बन्दुकबाट । त्यसलाई कसरी चलाउने भन्ने सिकायौँ । बन्दुक चलाउँदै गर्दा त्यसको च्याम्बरमा खिया लागेको पनि देखिन्थ्यो । एकपटक हानेपछि फेरि सेट गरेर हान्नुपर्ने हुन्थ्यो । गज हाल्दै पड्काउँदै गर्नुपर्ने भएपछि हामी त्यसलाई 'गजे राइफल' पनि भन्थ्यौँ । एकपटकमा एक राउन्ड मात्र हान्न मिल्थ्यो त्यतिवेला 
०५३/५४ तिर त्यो राइफल कहिले तालिमका लागि, कहिले कारबाहीका लागि रोल्पा, रुकुम र जाजरकोटमा खुबै हिँडायौँ । निकै व्यस्तजस्तो भयो राइफल । एक दिन एक ठाउँमा बस्न नपाउने । त्यही भएर हामीले त्यो राइफलको नाम होलटाइमर राख्यौँ । त्यसपछि त्यो राइफलको नाम सधैँ होलटाइमर भयो । राइफल अहिले पनि होलटाइमरका नामले चिनिन्छ 
त्यतिवेलाका रोल्पा-रुकुमका सबै कारबाहीमा त्यो राइफल प्रयोग भयो पनि । लिंग्रीमा भएको कारबाहीमा हामीले प्रहरीका दुइटा राइफल कब्जा गर्‍यौँ । त्यसपछि हामीले अरू बन्दुक कब्जा गर्दै गयौँ । ०५५ को मंसिरतिर एकैपटक आठवटा राइफल कब्जा भए । त्यो होलटाइमर बन्दुक पुरानोजस्तै भएको थियो । त्यसपछि हामीले त्यसलाई प्रयोग गरेनौँ । त्यसलाई सुरक्षित राख्यौँ युद्धकालभर । अहिले पाँचौँ डिभिजनमा छ जस्तो लाग्छ मलाई 
होलेरीमा केके गर्‍यो राइफलले ?
कुलप्रसाद केसी, पोलिटब्युरो सदस्य, माओवादी
गोरखाबाट ल्याइएको त्यो होलटाइमर बन्दुक पहिलोपटक जनयुद्ध सुरु भएकै दिन रोल्पाको होलेरी प्रहरीचौकी आक्रमणका वेला भएको थियो । त्यो कारबाहीमा म पनि सहभागी थिएँ । हामीसँग त्यो होलटाइमर राइफलबाहेक केही भरुवा बन्दुक र घरेलु हतियार थिए । राइफल अनन्तले समात्नुभएको थियो । उहाँले प्रहरीचौकीमाथि फायरिङ खोल्नुभएको थियो राइफलबाट । करिब तीन घन्टा त्यहाँ भिडन्त भयो । गजमा समस्या थियो राइफलको, त्यसकारण राइफल कक गर्दै हान्नुपथ्र्याे । एकपटक कक गरेपछि एकचोटि फायर गर्न मिल्ने थियो । तैपनि जनयुद्धको पहिलो कारबाहीमा त्यो राइफलले महत्त्वपूर्ण भूमिका खेल्यो । त्यहाँबाट हामीले केही विस्फोटक पदार्थ कब्जा गर्‍यौँ । हतियारको भण्डारमा प्रहरीको राम्रो कभर रहेछ, त्यहाँ कब्जा गर्न सकिएन । हामी होलटाइमर राइफलसहित आफ्ना हतियार लिएर फक्र्यौं 
नेत्र पन्थी नयाँ पत्रिका

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika