माघ १० गते / सेना समायोजन विशेष समितिले अनमिनको विकल्पमा माओवादी जनसेना, नेपाली सेना र उनीहरुको हतियार अनुगमनका लागि गठित संयन्त्रलाई नौं सदस्सीय बनाउने निर्णय गरेको छ । समितिमा प्रमुख तीन दलका नेता र सचिवालय सदस्यलाई मात्र सहभागि गराएको भन्दै मधेसवादी दलहरुले विरोध जनाएपछि संयन्त्रमा तीनजना सदस्य थप गरिएको हो ।
सिंहदरबारमा बसेको बैठकले संयन्त्रमा मधेसवादी दलहरुका तर्फाट विशेष समितिका सदस्य जीतेन्द्र देव, माओवादी जनमुक्ति सेना नेपालका कमाण्डर नन्दकिशोर पुन 'पाशाङ' र गोपालसिंह बोहोरालाई थप गर्ने निर्णयगरेको हो ।
यसअघि संयन्त्रमा विशेष समिति सदस्य बर्षान पुन 'अनन्त', डाक्टर रामशरण महत र्रर् इश्वर पोख्रेलका साथै सचिवालयका तर्फाट शम्भुराम सिंखडा, चन्द्रप्रकाश खनाल 'बलदेव' र महेश कार्कीलाई मात्र राख्ने निर्णयभएको थियो । सरकारले जनसेनालार्इर्र्छुट्टै फोर्स बनाउनुको सट्टा संख्या तोकेर सुरक्षा निकायमै समायोजन गर्ने प्रस्ताव विशेष समितिमा गरेको छ । तर समायोजन हुने जनसेनाको संख्या भने निश्चित भइसकेको छैन ।

पुनःस्थापनामा जान चाहनेका लागि सरकारले उपलब्ध गराउने प्याकेज लगायतका विषयमा सहमति जुट्न बाँकी छ । पुनःस्थापना, स्वेच्छिक अवकाश र समायोजनमा जाने तीन समुह निर्माण गर्ने विषयमा समेत सहमति हुन सकेको छैन ।
बैठकले शनिबार चितवनको शक्तिखोरमा आयोजित विशेष समारोहको समिक्षासमेत गरेको थियो ।
No comments:
Post a Comment