“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, January 27, 2011

चितवनमा ६ सय १ सभासदको श्राद्ध


माघ १२ गते / संविधानसभालाई भत्ता खाने थलो बनाएको भन्दै बर्दियाका ३८ वर्षीय राकेश कुमार शर्माले चितवनको नारायणगढमा आज विहान सभासदहरुको श्राद्ध गर्नुभएको छ । चितवनको पुल्चोकमा विहान ९ वजे पण्डीत राखेर शर्माले विधीबत रुपमै ६ सय १ सभासदको श्राद्ध गर्नुभएको हो
जनताहरुबाट उठाएको राजस्व सही ढगबाट प्रयोग नगरी नेताहरुले देशलाइ र्बबादीको दिशातर्फ धकेलेको र अबैधानिक तवरबाट संविधानसभाको म्याद बढाएको भन्दै आफुले ६ सय १ सभासदको श्राद्ध गरेको शर्माले बताउनु भयो ।
सो अवसरमा उपस्थित सर्वसाधरणले शर्माले सडकमै गरेको श्राद्ध प्रति समर्थन जनाएका थिए । शर्माले आगामी जेष्ठ १२ गते संविधानसभा भवनको ३ नम्मर गेटमा समेत सभासदहरुको श्राद्ध गर्ने बताउनु भएको छ । 

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika