“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, January 31, 2011

ठूलो दलालाई नेतृत्व दिन्न भन्ने अडानले सरकार बन्न सकेन - भट्टराई

धादिङ माघ १७ गते / एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले संविधानसभाको सबैभन्दा ठूलो दललाई सरकारकोे नेतृत्व दिन हुन्न भन्ने केहि दलको अडानको कारण सरकार बन्न नसकेको बताउनु भएको छ । धादिङको मैदीमा रहेको संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रमलाई संबोधन गर्दै भट्टराईले शान्ति र संबिधान मुखले मात्र भन्ने तर सरकार र प्रधानमन्त्रिको कुर्सीमा को बस्ने भन्ने खिचातानीका कारण समस्या समाधान हुन नसकेको बताउनु भयो । 
अव बन्ने सरकारको मुख्य काम भनेको शान्ति प्रक्रियालाई टुङ्गाउनु र संबिधान लेखनलाई पुरा गर्नु भएकाले त्यसकोलागि राष्ट्रिय सरकारको आवश्यकता पर्ने उहाँले बताउनुभयो । देशका मुख्य दलहरु सम्मिलित सरकार बन्नु पर्छ भन्ने आफ्नो पार्टीको माग रहेको भन्दै उहाँले प्रचलित मान्यता अनुशार
सरकारको नेतृत्व भने सबैभन्दा ठूलो दलले पाउनुपर्ने दावी गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भट्टराईले संबिधानसभाको जननी माओवादी हो भन्दै, माओवादी शान्ति प्रक्रिया र संबिधान निर्माणमा जिम्वेवार छैन भन्ने कुरा झुटो भएको बताउनुभयो ।
एउटा प्रधानमन्त्रिको कुर्सीकालागि देशलाई पुनः प्रतिगमन तिर धकेल्न नहुने भन्दै भट्टराईले अव बाँकी तीन महिनामापनि संबिधान नवनेमा जनताले आफू लगायत सम्पूर्ण नेताहरुलाई जे पनि गर्न सक्ने भएकाले त्यसको लागि तयार हुनुपर्ने बताउनुभयो ।
शान्ति र संबिधान सुनिश्चित नभएमा जनतालाई सडकमा आउन आग्रह गर्नुभएका भट्टराईले त्यसको नेतृत्व माओवादीले गर्ने दावी गर्नुभयो । कार्यक्रम पश्चात भट्टराई आज नै राजधानी फर्कनु भएको छ ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं. १ का सभाषद पुष्प विक्रम मल्ल, धादिङ क्षेत्र नं. २ की सभाषद कल्पना धमला, नेकपा एमालेका पोलिटव्युरो सदस्य गंगालाल तुलाधर, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय महासचिव ओम शर्मा, रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, एकीकृत नेकपा माओवादी  धादिङका सह इञ्चार्ज उत्तम कंडेल, सचिव राजु नेपाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र छिमेकी विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्य रहेको थियो । गत मंगलबार बाट शुरुभएको सप्ताहव्यापी स्वर्ण महोत्सव अन्तरगत विद्यालयले यसअघि नै विभिन्न कार्यक्रमहरु सम्पन्न गरी सकेको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika