“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, January 13, 2011

माओवादी कार्यकर्तामाथि आक्रमण

पुस २९ गते/  काङ्ग्रेस र एमाले कार्यकर्ताहरुको आक्रमणबाट एकीकृत नेकपा माओवादी सिन्धुली जिल्ला सदस्य डुन्डिराज बर्देबा 'प्रदीप' गम्भीर घाइते हुनु भएको छ ।
आज बिहान आफ्नो कार्यक्षेत्र पुरानो झाँगाझोली जाँदै गरेका बर्देवालाई झाँगाझोली मुलकोटमा काङ्ग्रेसका किशोर श्रेष्ठ र एमालेका रामकृष्ण श्रेष्ठ र नेतृत्वको हतियारधारी समूहले आक्रमण गरि घाइते बनाएको हो । घम्भीर घाइते बर्देबालाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइँदै छ ।
उहाँको टाउको र शरीरभरी गहिरो चोट लागेको माओवादी सिन्धुली जिल्ला इन्चार्ज बसन्तले जनाकारी दिनुभएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika