भारतको केरला स्थित सवरीमालामा भएको माघे संक्रान्तिको मेला दर्शन गर्न गएका श्रदालुहरुका बीचमा भाग दौड हुँदा कम्तीमा ९७ जनाको मृत्यु भएको छ ।
एउटा जीप श्रदालुहरुको भीडमा पुगेपछि हजारौ मानिसहरुको बीचमा भागदौड मच्चिएको थियो । घटनास्थलबाट ६४ जनाको शव निकालिएको थियो भने बाँकीको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा र्घाईते भएका ७५ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको अधिकारीहरुले जनाएका छन् । माघे संक्रान्तिको मेला भर्न करीब १ लाख मानिस जम्मा भएका थिए ।
No comments:
Post a Comment