माघ १ गते / शान्ति प्रक्रियामा सहयोग पुर्याउन चार बर्षअघि नेपाल आएको राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन आज मध्य राती फिर्ता हुदै छ । आज सार्वजनिक विदा परेका कारण हिजै औपचारिक रुपमा कार्यकाल समाप्त गरेको अनमिनले आज अनुगमन सम्वन्धी सवै प्रकृयाको अन्त्य गरेर विदा हुन लागेको हो । अनमिन नेपालबाट फिर्ता भएको घोषणासँगै अनमिन प्रमुख करिन ल्याण्डग्रेनले हिजो बेलुका पाँच बजे अनमिन मुख्यालयबाट अनमिनको झण्डा झार्नु भएको थियो । प्रधानमन्त्री माधव कुमार नेपाल र अनमिन प्रमुख करिन ल्यान ग्रेन विच अहिले केहि वेरमा विदाइ भेटबार्ता समेत हुदै छ । विदाई सम्वन्धी सम्पर्ण प्रकृया सकिएकाले उहाँहरुविच हिजोमात्रै एकिकृत माओवादी र सरकार विच भएको ३ बुदे सहमतिका विषयमा छलफल हुने छ ।
सेना तथा हतियार व्यवस्थापनकालागि अनमिनले प्रयोग गरिरहेका विभिन्न सामानहरु नेपाल सरकारलाई छोडेर जान सरकारले अनमिनलाई आग्रह गर्ने श्रोतको भनाइ छ ।
तत्कालीन बिद्रोही नेकपा माओवादी शान्तिप्रक्रियामा आएपछि सरकार र माओवादीको संयुक्त आग्रहमा नेपाली सेना, जनमुक्ति सेना, उनीहरुका हतियार रेखदेख तथा संविधानसभा निर्बाचनको अनुगमन गर्न अनमिनको स्थापना भएको थियो ।सेना तथा हतियार व्यवस्थापनकालागि अनमिनले प्रयोग गरिरहेका विभिन्न सामानहरु नेपाल सरकारलाई छोडेर जान सरकारले अनमिनलाई आग्रह गर्ने श्रोतको भनाइ छ ।
अनमिनको अनुगमनमा संविधानसभा सफल भएपनि शान्ती प्रकृयालाई निस्कर्षा पुर्याउने काम भने अधुरै रहेको छ । राजनीतिक सहमतिमा अनमिनको म्याद पटक पटक गरि ७ पटक सम्म थपिएको थियो ।


No comments:
Post a Comment