मुख्य तीन दलले राष्ट्रिय सहमतिको सरकार गठनमा पर्याप्त छलफल नपुगेको निष्कर्षनिकालेका छन् । लाजिम्पाटस्थित होटल र्याडिसनमा आज बसेको एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बैठकले सहमतिमा पुग्न थप छलफल आवश्यक रहेको निष्कर्षनिकालेको हो
भोली दिनभर दुइपक्षीय छलफल गर्ने र पर्सिसम्ममा टुङ्गोमा पुगिने बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिनुभयो । बैठकमा सरकारको नेतृत्व चक्रिय प्रणालीमा गर्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको प्रकाशले बताउनु भयो ।

माओवादीले आफ्ना सेना र हतियार विशेष समिति मातहत गएको र संविधानसभाको सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व आफूले पाउनुपर्ने बैठकमा अडान राखेको थियो । काङ्ग्रेसले भने समायोजन हुने जनसेनाको संख्या तोक्नुपर्ने, द्वन्द्वकालमा कब्जा सम्पत्ती फिर्ता गर्नुपर्नेलगायका र्सत अघि सार्दै अहिलेको अवस्थामा सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राखेको छ । नेकपा एमालेले पनि सहमतीय सरकार गठनमा जोड दिँदै आफ्नो दावी छोडेको छैन ।
सात दिनको समयमा सहमति जुटाउन नसकेपछि राष्ट्रपतिले दिएको थप पाँच दिनको समय बुधबार सकिँदैछ । बुधबार पनि सहमतिमा सरकार गठन हुन नसके बहुमतीय प्रक्रिया सुरु हुनेछ ।

No comments:
Post a Comment