“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, January 3, 2011

बाबुराम भट्टराइलाइ आन्दोलनको मोर्चा र नेत्रविक्रम चन्द 'विप्लव' लाई वाइसीएल इन्चार्जको जिम्मा

पुस १९ गते / एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपाध्यक्ष डा. बाबुराम भट्टराइलाइ आन्दोलनको मोर्चा र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द 'विप्लव'लाई वाइसीएल इन्चार्जको जिम्मा दिन प्रस्ताव गर्नु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव गर्नुभएको हो ।
डा.भट्टराइ यसअघि पनि संयुक्त जनआन्दोलन समितिको संयोजक हुनुहुन्थ्यो भने वाइसीएलको जिम्मा कुलप्रसाद केसी 'सोनाम'ले सम्हाल्दै आउनु भएको छ । सोनाम सेना समायोजन विषेश समितिको सचिवालयमा सदस्य रहेकोले वाइसीएल इन्चार जको जिम्मा विप्लवलाइ दिन लागिएको स्रोतले जनाएको छ ।

यसैगरी इन्चार्ज खालि रहेको लिम्बुवान राज्यसमितिमा लोकेन्द्र विष्ट मगरलाई प्रस्ताव गरिएको स्रोतको दावी छ ।
मधेसमा पार्टीको प्रभाव कम रहेको निष्कर्ष निकालेको माओवादीमा रामकुमार यादव, रामकुमार शर्मा, महेन्द्र पासवान, प्रभु शाह, श्रवण यादव, कृष्णदेव सिंह दनुवार, हकिकुल्लाह खाँलगायतलाई पोलिटव्युरो सदस्य बनाउन प्रस्ताव गरिएको छ । पालिटव्युरो सदस्यमा बढुवा हुनेमा जयपुरी घर्तीको नाम पनि चर्चामा छ । घर्ती हाल अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्षसमेत हुनुहुन्छ ।
यसैगरी पार्टी भित्रका फरकमतलाई छलफलका लागि तल्लोतहसम्म लैजाने र पार्टी नेताहरुलाई जथाभावि बोल्नलाई कर्डाई पनि गरिएको छ ।
अन्तरपार्टी जनवादलाई व्यवस्थित गर्नका लागि तयार पारिएको अन्तरसंघर्षको विधि तय गर्ने र कार्य विभाजनसम्बन्धी प्रस्ताव पेश भएको यसैगरी केन्द्रीय समितिद्वारा पारित अध्यक्ष प्रचण्ड तथा बरिष्ट उपाध्यक्ष मोहन वैद्य 'किरण'को परिमारि्जत 'छैटौं विस्तारित बैठकमा प्रस्तुत राजनीतिक एवम् संगठनात्मक प्रस्ताव' बैठकमा पेश भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको जिम्मेवारी हेरफेरलगायतका विषयमा भोलीदेखि छलफल सुरु हुने छ । बैठक भोली बिहान ११ बजे बस्नेछ ।
बाबुराम भट्टराइलाइ आन्दोलनको मोर्चा र नेत्रविक्रम चन्द 'विप्लव' लाई वाइसीएल इन्चार्जको जिम्मा
पुस १९ गते एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले उपाध्यक्ष डा. बाबुराम भट्टराइलाइ आन्दोलनको मोर्चा र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द 'विप्लव' लाई वाइसीएल इन्चार्जको जिम्मा दिन प्रस्ताव गर्नुु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव गर्नुभएको हो ।
डा. भट्टराइ यसअघि पनि संयुक्त जनआन्दोलन समितिको संयोजक हुनुहुन्थ्यो भने वाइसीएलको जिम्मा कुलप्रसाद केसी 'सोनाम'ले सम्हाल्दै आउनु भएको छ । सोनाम सेना समायोजन विषेश समितिको सचिवालयमा सदस्य रहेकोले वाइसीएल इन्चार जको जिम्मा विप्लवलाइ दिन लागिएको स्रोतले जनाएको छ ।
यसैगरी इन्चार्ज खालि रहेको लिम्बुवान राज्यसमितिमा लोकेन्द्र विष्ट मगरलाई प्रस्ताव गरिएको स्रोतको दावी छ ।
मधेसमा पार्टीको प्रभाव कम रहेको निष्कर्ष निकालेको माओवादीमा रामकुमार यादव, रामकुमार शर्मा, महेन्द्र पासवान, प्रभु शाह, श्रवण यादव, कृष्णदेव सिंह दनुवार, हकिकुल्लाह खाँलगायतलाई पोलिटव्युरो सदस्य बनाउन प्रस्ताव गरिएको छ । पालिटव्युरो सदस्यमा बढुवा हुनेमा जयपुरी घर्तीको नाम पनि चर्चामा छ । घर्ती हाल अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्षसमेत हुनुहुन्छ ।
यसैगरी पार्टी भित्रका फरकमतलाई छलफलका लागि तल्लोतहसम्म लैजाने र पार्टी नेताहरुलाई जथाभावि बोल्नलाई कर्डाई पनि गरिएको छ ।
अन्तरपार्टी जनवादलाई व्यवस्थित गर्नका लागि तयार पारिएको अन्तरसंघर्षको विधि तय गर्ने र कार्य विभाजनसम्बन्धी प्रस्ताव पेश भएको यसैगरी केन्द्रीय समितिद्वारा पारित अध्यक्ष प्रचण्ड तथा बरिष्ट उपाध्यक्ष मोहन वैद्य 'किरण'को परिमारि्जत 'छैटौं विस्तारित बैठकमा प्रस्तुत राजनीतिक एवम् संगठनात्मक प्रस्ताव' बैठकमा पेश भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको जिम्मेवारी हेरफेरलगायतका विषयमा भोलीदेखि छलफल सुरु हुने छ । बैठक भोली बिहान ११ बजे बस्नेछ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika