रामहरि संकल्प नुवाकोट, पुस १८ गते ।
जिल्ला शान्ति समिति नुवाकोटले गठन भएको पाँच महिनापछि समितिले संयोजक पाएको छ । कांग्रेस र एमाले लगाएतका राजनैतिक दलको आपसी खिचातानीका कारण संयोजक विहीन हुदै आएको समितिको पहिलो संयोजक धेरै समयपछि एकिकृत नेकपा माओवादी ले पाएको छ । आज भएको समितिको बैठकले एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रटरी पुष्प लामिछाने अरुण लाई २ महिनाको लागी संयोजक चयन गरेको हो । यसभन्दा अघि संविधान सभामा जनादेशको आधारमा ठूलो दल र गणतन्त्र ल्याउन महत्वपूर्ण योगदान गरेको स्पष्ट हुँदै पनि माओवादीलाई संयोजक नदिने तर संयोजक विहिन बनाउँदै आएका थिए ।
संविधान सभामा सबै भन्दा ठुलो दल माओवादी भएको आधारमा पहिलो संयोजक माओवादीलाई सर्व सम्मतले चयन गरिएको सचिव उषाकिरण तिमिल्सेनाले जानकारी दिनुभयो । यस्तै नौ सदस्यीय सचिवालय समिति पनि गठन भएको छ । समितिको सदस्यहरुमा नारायण खतिवडा, विन्दा अर्याल, विन्दा ढुंगाना, भरत पाठक, पल्लवराज पाठक, रामभक्त उप्रेती, देवनाथ भट्ट र गणेशकुमार नेपाल रहनुभएको छ ।
No comments:
Post a Comment