“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, February 1, 2011

विद्यालयमा पढाई नभै कुटाकुट

राजेन्द्र न्यौपाने
गोरखा, १८ माघ । जिल्लाको  गोरखा नगरपालिक स्थित वडा नं. १ मा रहेको श्री महेन्द्रज्योति उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरु पढन् छोडेर कुटाकुटमा लागेका छन् । विद्यायका प्राचार्य सहितको टोलीले विद्यार्थीलाई परिचालन गरेर शैक्षिक वातावरण प्रतिकुल बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रवराज जोशीले बतानुभयो ।
सोमबारेको एस एल सी टेष्ट परीक्षा रद्ध भएकोमा आजको परीक्षा पनि सञ्चालन हुन सकेन । विद्यार्थीहरु विद्यालय हाथाभित्र एक आपसमा झगडा गरेर अस्वस्थ वातावरणको सृजना गरेका छन् ।
 विद्यालयमा हुन सक्ने सम्भावित खतरालाई रोक्न विद्यालय बन्द गरिएको भएपनि टेष्ट परीक्षा दिन आएका विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका छन् । विद्यालयमा लामो समयदेखि नआएका एक जना शिक्षकलाई समितिले कारवाहीका लागि स्पष्टीकरण सोध्ने तयारी गरेको भन्दै उनीहरुले आन्दोलन गरेको विद्यालय व्यवस्थापन समितिले बताएका छ भने घटनालाई अतिरञ्जित पार्न विद्यालयका शिक्षक र प्रशासन लागेको समितिले ठहर गरेको छ । यसै विच विद्यालय प्रशासनले भने विद्यार्थीहरु विनाकारण आवेशमा आएको बताएको छ ।  विद्यालयमा भएको घटनाको विषयलाई लिएर विद्यार्थी संगठन र शिक्षक संगठनहरुले विरोध गरेका छन्  । गोरखा

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika