“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, February 1, 2011

प्रधानमन्त्रीको उमेदवारका विषयमा टुगो लगाउन दलहरुले आ आफ्नो पार्टी भित्र छलफल शुरु

काठमाडौ, माघ १८ गते / प्रधानमन्त्री उम्मेद्वारको मनोनयन दर्ता गर्न एक दिन मात्र बाँकी रहँदा आज प्रमुख राजनीतिक दलहरु अन्तरपार्टी छलफलमा जुटेका छन् ।  बहुमतीय सरकारका लागि दिइने  प्रधानमन्त्रीको उमेदवारका  विषयमा टुगो लगाउन दलहरुले आ आफ्नो पार्टी भित्र छलफल शुरु गरेका हुन् ।
नयाँ सरकार गठनमा पार्टीका तर्फवाट पठाइने उम्मेद्वार , अन्य दलहरुसंग समिकरणको संभावना र सरकार गठनका लागि पार्टीका तर्फवाट तय गरिने एजेण्डाका विषयमा टुंगो लगाउन दलहरु आज छलफल जुटेका हुन् ।
बहुमतीय सरकारमा आफ्नो पार्टीका तर्फबाट दिइने  उमेदवारीका  विषयमा छलफल गर्न बसेको  सत्तारुढ घटक नेकपा एमाले केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको छ । 
पार्टी मुख्यालय बल्खुमा बसेको बैठकले खनाललाई उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको बैठकपछि प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार बैठकमा वरिष्ठ नेता केपी शर्मा ओलीले अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा प्रस्ताव गरेको र त्यसमा प्रधानमन्त्री माधबकुमार नेपालले समर्थन जनाउनु भएको थियो । व्यवस्थापिका संसदमा विहीबार हुने प्रधानमन्त्री निर्बाचनमा एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्री नेपालले प्रस्ताव गर्ने बताइएको छ ।
यसअघिको निर्वाचनमा पनि उम्मेदवारी दिनु भएका खनालले दुई तिहाई सभासदको समर्थन नपाएपछि उम्मेदवारी फिर्ता लिनु भएको थियो ।
त्यसैगरि पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार र नयाँ समिकरणका विषयमा छलफलका लागि एकिकृत ने क पा माओवादी स्थायी समितिको वैठक वस्दैछ ।
अहिले केहीबेरमा पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अगाडी सार्ने संभावना रहको स्रोतले जनाएको छ ।  
यसैबीच माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री माधबकुमार नेपालबीच केहीबेरअघि सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको कार्यालयमा भेटमा सरकार गठन र सेना समायोजनबारे छलफल भएको बताइएको छ ।
त्यस्तै आन्तरिक विवाद चुलिदै जाँदा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आज आफु पक्षधर केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै हुनुुहुन्छ ।
बरिष्ठ नेता शेर बहादुर देउवाले प्रधानमन्त्रीको उमेदवारको रुपमा आफूलाई उभ्याउन तिव्र लबिङ गरिरहेका बेला सभापति कोइरालाले पनि आफु पक्षधर नेताहरुलाई बोलाउनुभएको हो ।
बैठकमा भोली व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको रुपमा देउवा र पौडेल मध्य कस्को नाम प्रस्ताव गर्ने भन्ने विषयमा छलफल गर्ने वताइएपनि  सभापति कोइरालाले  पौडेललाई नै प्रस्ताव गर्न सक्ने स्रोतले बताएको छ । 
देउवा पक्षले प्रधानमन्त्रीको निर्वाचनमा १७ पटक हारेका पौडेलको विकल्प दिनुपर्ने माग गर्दै केन्द्रीय समिति बैठक बोलाउन आग्रह गर्ने तयारी गरिरहेको बेला सभापति कोइरालाको यो भेलालाई महत्वका साथ हेरिएको छ ।  

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika