“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, February 1, 2011

प्रगतिशिल माध्यमिक विद्यालय सल्यानको २३ औं वार्षिकोत्सव सम्पन्न

 १८ माघ / नेपाली कांग्रेसका नेता शुक्रराज शर्माको प्रमुख आतिथ्यतामा विद्यालयको वार्षिकउत्सव सम्पन्न भएको हो । वार्षिकउत्सव समारोहमा वोल्दै शर्माले विद्यालयलाई आफ्नो तर्फबाट सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी तमुवान राज्य समिति सदस्य सुधिर क्षेत्रिले विद्यालयलाई उच्चमावि बनाउनको लागि पार्टीको तर्फबाट सम्पुर्ण सहयोग गर्ने बताउनु भयो । नेकपा एमालेका विष्णु केसिले पनि सल्यामा उच्चमाविको आवश्यकता रहेको औंल्याउनु भयो । कार्यक्रममा ठुलो संख्यामा अभिभावकहरुको उपस्थीति रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न श्रृजनात्मक प्रस्तुतिहरु पस्केका थिए । सो अवसरमा उच्च मावि निर्माणार्थ अर्जुन भुषालले १ लाख ५० हजार सहयोग हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा ३६ बर्ष सेवा गर्नुभएका शिक्षक गंगा बहादुर केसिको  पनि विदाई गरीएको थियो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika