“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, February 11, 2011

माओवादीका स्थगित देश ब्यापी प्रशिक्षण पुनः सुरु

स्थायी समितिको बैठक पश्चात जारी प्रेस विज्ञप्तीको पुर्ण पाठ
काठमाडौं, २८ माघ । एकीकृत नेकपा माओवादीले स्थगित रहेको देशब्यापी प्रशिक्षण पुन सुरु हुने भएको छ । आज बसेको एकीकृत नेकपा माओवादीको आज बसेको स्थायी समितिको बैठकले सो निर्ण गरेको हो । माआवादीले फागुन ४ गतेदेखि १० गतेसम्म देशब्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
देशब्यापी प्रशिक्षणमा फागुन ४ गते मगरात तथा तमुवानको पोखरामा,  फागुन ६ गते मधेशको सिमरामा, फागुन ८ गते  किरात, लिम्बुवान, कोचिलाको विराटनगरमा र फागुन १० गते सेती, भेरी, कणर्ाली र थारुवानको नेपालगञ्जमा हुने भएको छ । त्यसैगरी माओवादीको आज बसेको स्थायी समितिको बैठकले फागुन १४ गतेदेख २१ गतेसम्म सहिद सप्ताह व्यापक जनपरिचालनसहित भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
 बैठक पश्चात प्रबक्ता दीनानाथ शर्माद्वारा आज जारी प्रेस बिज्ञप्तीमा फागुन १४ गतेदेख २१ गतेसम्म सहिद सप्ताह व्यापक जनपरिचालनसहित भव्य रूपमा मनाउने पनि निर्णय गरेको छ ।
प्रेस-विज्ञप्ती
आज मिति २०६७ माघ २८ गते एकीकृत नेकपा -माओवादी)को स्थायी समितिको बैठक अध्यक्ष
क. प्रचण्डको अध्यक्षतामा सम्पन्न भयो र बैठकमा निम्न विषयमा निर्णयहरू भयो ।
१.   एकीकृत नेकपा -माओवादी) तथा नेकपा -एमाले)बीच सरकार निर्माणको सन्दर्भमा भएको सात बुादे सहमतिबाट एमाले पछि हटेकोले त्यस सम्बन्धमा एमालेको आधिकारिक धारणा नआउादासम्म एमालेको सरकारलाई बाहिरबाट समर्थन गर्ने केन्द्रीय कार्यालयको निर्णयलाई अनुमोदन गरियो ।
२.  फागुन १ गते जनयुद्ध दिवस सम्पूर्ण पार्टी पङ्क्ति, मोर्चा तथा जवसहरू समेतले भव्य र सानदार रूपमा मनाउने ।
३.   फागुन ४ गतेदेखि १० गतेसम्म निम्नअनुसार प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने -
फागुन ४ गते मगरात तथा तमुवान - पोखरा
फागुन ६ गते मधेश - सिमरा
फागुन ८ गते  किरात, लिम्बुवान, कोचिला - विराटनगर
फागुन १० गते सेती, भेरी, कणर्ाली र थारुवान - नेपालगञ्ज
४.   फागुन १४ गतेदेख २१ गतेसम्म सहिद सप्ताह व्यापक जनपरिचालनसहित भव्य रूपमा मनाउने ।
५.   फागुन पहिलो हप्तादेखि चैत्र २४ सम्म राष्ट्रियता, जनतन्त्र र जनजीविका समेतका जनताका मागहरू उठाउादै व्यापक जनपरिचालनसहित जनसभाहरू गर्ने । त्यसको ठोस कार्यक्रम बनाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिने ।

२८ माघ, २०६७
दीनानाथ शर्मा
प्रवक्ता

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika