“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, February 17, 2011

पत्रकार महासंघ धादिङमा पहिलेकै अध्यक्ष निर्विरोध

धादिङ, ५ माघ । नेपाल पत्रकार महासंघ धादिङको छैटौँ अधिवेशन पुनः सितारामप्रसाद बर्मालाई निर्विरोध अध्यक्ष निर्वाचित गर्दै सम्पन्न भएको छ । अधिवेशनबाट उपाध्यक्षमा नवराज छत्कुल्ली सचिवमा सुदर्शन खतिवडा सहसचिवमा मुना िसंखडा र कोषाध्यक्षमा नारायण सिलवाल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा मुरारी अधिकारी पोषनाथ अधिकारी अर्जुन खतिवडा रामकुमार नेपाली शंकर श्रेष्ठ सुनिता िसंखडा र रामेश्वर कार्की निविरोध निर्वाचित हुनुएको छ ।
निर्वाचन समितिबाट अविर र प्रमाणपत्र ग्रहण लगत्तै उपाध्यक्षमा निर्वाचित नवराज छत्कुली लगायत प्रेस चौतारी निकट ४ जनाले नेपाल पत्रकार संघको जिल्ला समितिबाट राजिनामा दिएका छन् । शुरुमा क्रान्तिकारी पत्रकार महासंघसँग समन्वय गरी प्रेस युनियनलाई एक्ल्याउने रणनीति अघि बढेको प्रेस चौतारीले लिएको थियो । तर सबै पक्ष मिलेर जाने सहमति भएपछि प्राप्त परिणाममा चौतारीको तर्फबाट कम प्रतिनिधित्व भएपछि चौतारीका वागमती आचल इाचार्ज समेत रहेका नवराज छत्कुलीले घोषणासभामै आफू लगायत प्रेस चौतारी निकट निर्विरोध निर्वाचित अन्य सदस्यहरु रामेश्वर कार्की शंकर श्रेष्ठ र सुनिता िसंखडाको संयुक्त राजीनामा घोषण गरी अध्यक्ष समक्ष पेश गरेका थिए ।
पदाधिकारीबाट राजीनामा दिएपनि चौतारी निकट केन्द्रीय प्रतिनीधिहरुले भने राजीनामा दिएका छैनन् । घोषणासभामा बोल्दै अध्यक्ष सिताराम बर्माले अधिवेशनको स्वभाविक प्रक्रियालाई स्वीकार्न नसकि आवेगमा राजीनामा घोषणा हुनु महासंघको लागि दुखद घटना भएको बताउनुभयो ।
घोषणासभामा नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि केन्द्रीय प्रतिनिधि किशोरजंग थापाले गाविस सचिवहरुले सामुहिक राजीनामा दिएर सरकारलाई घुक्र्याएको शैलीमा राजीनामा दिएर प्रेस चौतारी निकट पदाधिकारीहरुले अपरिपक्वता प्रदर्शन गरेको भन्दै तत्काल राजीनामा फिर्ता लिएर परिपक्वता प्रदर्शन गर्न अनुरोध गर्नुभएको थियो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika