“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, February 21, 2011

दुर्घटनाका घाइतेहरुलाई बचाउन रक्तदान

सीताराम अधिकारी धादिङ । फागुन ८ गते
सडक दुर्घटनामा घाइते भएकाहरुलाई बचाउनका लागि राजमार्ग स्वंसेवकहरुको पहलमा गजुरीमा सोमबार रक्तदान कार्यक्रको आयोजना गरिएको छ ।
 कोसोक नेपाल र सडक सुरक्षा समिति गजुरी, चरौँदी र नौबिसेको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ७४ जना रक्तदाताहरुले रक्तदान गरेको राममणि थपलियाले जानकारी दिनुभयो ।
 राजमार्गमा दिनहुँ हुने दुर्घटनामा घाइते भएकाहरको लागि बचाउन आवस्यक पर्ने रगत उपलब्ध गराएर घाइतेहरुको जिवन बचाउनका लागि आयोजना गरिएको रक्तदान कार्यक्रममा राजमार्ग क्षेत्रको नौबिसेदेखि जोगिमारासम्मका नागरिकहरुको सहभागिता रहेको थियो ।
 रक्तदान कार्यक्रमको सडक सुरक्षा समितिका राममणि थपलिया, दिवससागर श्रेष्ठ, राजाराम पाठक, कोसोक नेपालका सीताराम अधिकारी र प्रहरी निरिक्षक दलबहादुर बोगटीले संयुक्त रुपमा सुरुवात गर्नुभयो । रक्तदाता र सहयोगिहरुलाई प्रमाणपत्र पनि सो अवसरकमा वितरण गरियो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika