“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, February 22, 2011

जिल्ला खाद्य सुरक्षा संजाल गठन

धादिङबेसी फागुन १०/जिल्ला स्तरमा खाद्य सुरक्षा अनुगमन कार्यक्रमलाई सुदृढिकरण गर्न आज धादिङमा जिल्ला स्तरीय खाद्य सुरक्षा संजाल गठन गरिएको छ । स्थानिय विकास अधिकारीको शंकर नेपालको  सभापतित्वमा सम्पन्न भेलाले प्रमुख जिल्ला अधिकारी भरत पौडेलको अध्यक्षतामा २० सदस्यीय खाद्य सुरक्षा संजाल गठन गरीएको हो ।

 जसमा उपाध्यक्ष स्थानिय विकास अधिकारी, सदस्य सचिवमा वरिष्ठ कृषि विकास अधिकृत,रहने गरी सदस्यहरुमा जिल्ला पशु सेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, डिभिजन सिंचाई कार्यालय,कृषि सामाग्री कम्पनी, जिल्ला वन कार्यालय, उद्योग वाणिज्य संघ, तथा सरकारी तथा गैर सरकारी संस्थाहरुबाट, खाद्य सुरक्षा अधिकार संजालबाट गोकर्ण रुपाखेती र तोला पाठक, तरकारी तथा फलफुल  सहकारी संघका होमनाथ थपलिया, पत्रकार महासंघ धादिङका कोषध्यक्ष नारायण सिलवाल, गैसस महासंघका दामोदर अर्याल, हिम्स नेपालबाट सिलास तामाङ र दुर्गा तामाङ, जिल्ला दलित तथा उत्पिडीत वर्ग संमन्वय समितिका भोज बहादुर परियार, यूएमएन धादिङका शंकर भट्टराई, आदिवासी जनजाती महासंघ धादिङका रामसिंह तामाङ र सामुदायीक वन उपभोक्ता माहासंघबाट सिता खतिवडा रहेका छन् ।
नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रम (WFP ) बीच केन्द्र देखि जिल्ला स्तर सम्म खाद्य सुरक्षा संजाल गठन गर्ने क्रममा आज धादिङबेसी स्थित जिल्ला विकास समितिको सभाहलका सम्पन्न गोष्टीले उक्त संजाल गठन गरिएको हो । कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनीधिहरु, सरकारी कार्यालयका प्रमुखहरु तथा विभिन्न  संघ–संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika