“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, February 22, 2011

नुहाउन गएका २ मजदुर त्रिशुलीमा बेपत्ता

नारायण सिलवाल
धादिङबेसी फागुन ११ गते
 नुहाउन गएका २ मजदुर हिजो साढे ४ बजे देखि त्रिशुली नदिमा बेपत्ता भएका छन । धनुषा वडा नम्बर ७ जमुनिया घर भएका अन्दाजी २६ वर्षका शिव मगर र सोही स्थान बस्ने अन्दाजी २० वर्षका कमल श्रेष्ठ नुहाउने क्रममा बेपत्ता भएका हुन ।
उनीहरु आज उक्त स्थानमा मजदुर बलिदानी दिवस मनाउन हिजो दिउसो जोगीमारा  आएका थिए  ।
 कामको खोजीमा ०५८ साल मंसिर १२ गते जोगिमाराबाट कालिकोट गएको १५ परिवारका १७ जना निहत्था सर्वसाधरणको तात्कालिन शाही सेनाले हावाई अपरेसनका क्रममा हत्या गरेको थियो । 
 उक्त हत्याकाण्डमा ज्यान गुमाएका जोगिमाराका शहीदहरुको सम्झनामा अखिल नेपाल मजदुर संघले आयोजना गरेकोस्वास्थ्य शिविर सञ्चालन गर्न हिजो उनीहरु जोगीमार मजिमटार आएका थिए । हिजो स्वस्थ्य शिविर हुने ठाउँको अवलोकन गरी नुहाउने गएका  शिव  र कमल त्रिसुली नदिमा बेपत्ता भएका थिए । हिजो रातभर देखीनै खोजी कार्य जारी रहेको भइपनि अहिले सम्म नभेटिएको जोगिमारा प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika