“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, February 23, 2011

नयाँ रुपमा जनयुद्ध जारी – सभासद जमकट्टेल

नारायण सिलवाल
धादिङ फगुन ११ गते
 अखिल नेपाल टे«ेड युनियन महासंघका केन्द्रीय अध्यक्ष तथा धादिङ क्षेत्र नं. ३ का सभासद शालिकराम जम्कटेलले जनताले चाहेको संविधान बनेन भने फेरि जनयुद्ध दोहोरिने बताउनु भएको छ ।  अखिल नेपाल टे«ेड युनियन महासंघ केन्द्रीय कार्यालयले आज जोगिमारा स्थित शंकादेवी उच्च माध्यमिक विद्यालयको प्रांगणमा आयोजना गरेको मजदुर बलिदान दिवस तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रममा जनक्रान्तिका महान सहिद परिवार समाजका केन्द्रीय सदस्य तथा एकीकृत माओवादी धादिङका सह ईञ्चार्ज रामबहादुर भण्डारी, सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा एकीकृत माओवादी धादिङका सहईञ्चार्ज उत्तम कँडेल, सभासद विरबहादुर तामाङ, अखिल नेपाल टे«ड युनियन महासंघका महासचिव गणेश रेग्मी, उपमहासचिव जगत सिंखडा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका सचिव तथा रेडियो बिहानीका स्टेशन म्यानेजर सुदर्शन खतिवडा, कोषाध्यक्ष नारायण सिलवाल, जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई खादा ओडाई सम्मान गरिएको थियो । यसैगरी अखिल नेपाल टे«ड युनियन महासंघको आयोजना र काठमाडौं मोडेल हस्पिटल र जनमैत्री हस्पिटलको सहयोगमा कार्यक्रम स्थलमा आयोजित स्वास्थ्य शिविरमा ६०० भन्दा बढी बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको आयोजकले बताएको छ । २०५८ मंसीर ११ गते कालिकोट जिल्लाको कोटवाडा विमानस्थल निर्माणको क्रममा तत्कालीन शाही नेपाली सेनाद्वारा हत्या गरिएका जोगिमाराका १८ जना मजदुरहरुको स्मृतिमा अखिल नेपाल टे«ड युनियन महासंघले हरेक बर्षको फागुन ११ गते मजदुर स्मृति दिवस मनाउँदै आएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika