धादिङबेसी फाल्गुण १३
सानिमा विकास बैंक लिमिटेड धादिङ शाखाले आज आफ्नो नियमित ग्राहक राजकुमार ढकालको परिवारलाई मृत्यू बिमा सुविधाबापत १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । राजकुमार ढकालको ०६७ असार २० गते कालु पाँडे मार्गको कालिरह सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यू भएको थियो ।
बैंकको धादिङ शाखाले राजकुमार ढकालले सञ्चालन गर्दै आउनुभएको दुर्घटना मृत्यू बिमा सुविधा सहितको सुलभ बचत खाताबाट प्राप्त गर्न सकिने दुर्घटना
मृत्यू बापतको रकम मृतककी पत्नी विमला ढकाललाई हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण गर्दै बैंकका धादिङ शाखा प्रमुख विष्णुकुमार श्रेष्ठले बिमा मार्फत प्राप्त रकमले मृतक परिवारलाई केही सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीहरुले स्थापना गरेको सानिमा विकास बैंकको धादिङ शाखा बैंकको चौथो शाखाको रुपमा करिब ३ बर्ष अगाडि स्थापना भएको थियो । सानिमा विकास बैंकले हाल डेबिट कार्ड मार्फत देशभरका जुनसुकै बैंकको एससिटी एटिएम मेसिनबाट निःशुल्क रकम निकाल्ने सुविधा, बिनारकम खाता खोल्ने सुविधा, बचत तथा मुद्दति खातामा दुर्घटना मृत्यू बिमा सहित उच्चतम ब्याजदरको सुविधा, आन्तरिक तथा बाह्य रेमिट्यान्स सेवा र विभिन्न शिर्षकमा ऋण प्रवाह गर्दै आइरहेको छ ।

No comments:
Post a Comment