“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, February 25, 2011

समान अधिकारकोलागि भन्दै किशोरीको ब्रतबन्ध

धादिङबेसी फाल्गुण १३ / महिला हक र समान अधिकारको लागि विभिन्न क्षेत्रबाट आवाज उठिरहेको समयमा समान अधिकारको लागि भन्दै धादिङकी एक किशोरीले ब्रतमन्ध गरेकी छन् । धादिङको साङ्कोष गाउँ विकास समिति वडा नं. ५ रानीबनकी १६ वर्षीया शुसीला धमलाले आज आफ्ना ३ जना भाईसंगै ब्रतबन्ध गरेकी हुन् । महिला पनि पुरुष सरह सक्षम छन् र महिला पुरुष बीच भेदभाव हुनु हुँदैन भनेर आफूले ब्रतमन्ध गरेको धमलाले बाताइन
। आफ्नो ब्रतबन्धले नारी पुरुष समानताको दिशामा सकारात्मक प्रभाव पर्ने धमलाको विश्वास छ । उनका बुबा मोहनप्रसाद धमलाले पनि छोरा र छोरीबीच आफूले कुनै भेदभाव नगर्ने भन्दै छोरीको इच्छा अनुसार ब्रतबन्ध गरि दिएको बताउनु भएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika