फागुन १४ गते स्कुले वालक दिबहादर रम्तेलले शहादत प्राप्त गरे । झापाबाट जेल सार्नेनाममा पञ्चयती शासकले ०२८ साल फगुन २१ गते नेत्र घिमिरे, वीरेन राज वंसी, नारायण श्रेष्ठ, कृष्ण कुँइकेल,रामनाथ दाहाललाई इलामको सुखानी स्थित झाडीमा लगि हत्या गर्यो ।
यहि विशेष दिन फागुन १४ गते देखि २१ गते सम्मलाई सहिद सप्ताहको रुपमा एकिकृत नेकपा माओवादीले मनाइ रहेको छ । सामन्तवाद र साम्राज्यवाद नामक दुई पहाडलाई भत्काएर नयाँ जनवाद र वैज्ञानिक समाजवाद हुँदै अन्ततः विश्व साम्यवादमा पुग्ने महान् लक्ष्यमा प्रतिबद्ध रही निरन्तर क्रान्तिमा हेलिदै अर्थात् महान् दश वर्षे जनयुद्धका अघि र १९ दिनकोक्रममा मात्र १० हजार भन्दा बढी नेपाली आमाका सर्वोत्तम छोराछोरीहरूले आफ्नो अमूल्य जीवनको आहुती दिएका थिए ।
चर्चा यतिबेला जता ततै सहिद सप्ताहको छ । सहिद तथा वेपत्ता परिवार सदस्यहरु धमाधम सम्मानित हुने कार्यक्रममा सहभागी भैरहेका छन् । एकिकृत माओवादी अरु राजनैतिक दलहरु जस्तै संसदिय भासमा डुुब्दै छन् । उनीहरुलाई मोज मस्ती र सुखसयलमा दिन बिताउन थालि सके भन्नेहरुको जमात पनि अहिले सेलाएको छ । किनकी एकिकृत माओवादी यतिबेला महान् शहीदहरूका सपनाहरू अधुरै छन् । नेपाली क्रान्ति सम्पन्न गर्ने काम पनि बाँकी नै छ । भन्दै शहीद तथा बेपत्ता परिवार सँग बिद्रोहको लागी तयार रहेको बताउदै आशिर्वाद लिइ रहेका छन् ।
इतिहासको अग्रगामी धारा रोक्ने फलामे किल्ला र हत्कण्डा तोड्न आफ्नो जीवन आहुती दिने महान सहिदहरु, नभएको भए बहुसंख्यक श्रमजीवीहरूले सास फेर्न पनि पाउँदैनथे । जसले संसारभरिकै श्रमजीवी जनताको मुक्तिको पक्षमा क्रान्ति गीत गाउँदै उनीहरूकै मुक्तिका लागि कुर्वानी गरेका थिए । अझैँ पनि तिनीहरूको सपना पूरा भइसकेको छैन । सहिदको सपना साकार गर्न एकिकृत नेकपा माओवादीलाई जनताले संविधान सभाको निर्वाचनबाट सवै भन्दा ठुलो दल पनि बनाई दिए ।अब सहिदहरको सना साकार पार्न माओवादी संसदीय भासमा अल्मलिन हुदैन । लक्ष्य सम्म पुुग्न हजारौ जनताका छोराछोरीले शहदात प्रप्त गरि सकेका छन् । एकीकृत माओवादी पालुुङटारको वैठकबाट विचारधारात्मक संगठनात्मक र भावनात्मक रूपले पार्टी तथा जनतालाई एकताबद्ध पार्दै जुन जनविद्रोह मार्फत् नेपाली क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेको छ । यसलाई छिटो भन्दा छिटो कार्यान्वयन तर्फ जाँदा मात्र सामन्तवाद र साम्राज्यवादलाई ढालेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ । तव मात्र साम्यवाद सम्म पुग्ने ती अमर शहीदहरूको अधुरा सपना साकार तुल्याउन सकिन्छ । महान सहिदहरु अमर रहुन ।

No comments:
Post a Comment