धादिङ फागुन १३/ जिल्लाको मैदी गाउँ विकास समिति वडा नम्वर १ उखुवारीमा रहेको शमिभन्ञ्याङ उच्च माध्यमिक विद्यालयमा स्नातकोत्तर तह सञ्चालन गर्नको लागि गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा ३३ लाख १५ हजार रुपौयाँ नगद संकलन भएको छ ।
शिक्षा सङकायमा स्नातक तह सुरु गरेको क्याम्पसमा अन्य सङकायमा पठ्न–पाठन गरानुको साथै बिद्यालयको भौतिक पुर्वाधार विकास, पुस्तकालय र साइन्स ल्याव संचालन, शौचालय निर्माण, बालमैत्री एवं गुणस्तरीय शिक्षण सिकाई प्रवद्र्धका लागि आर्थिक स्रोत संकलन गर्ने उदेश्यले सप्ताह ज्ञान महायज्ञको आयोजन गरिएको थियो । वि.स २०२६ सालमा स्थापना भएको विद्यालयमा करिव एक हजार विद्यार्थीहरु अध्ययन गर्दै छन् । सप्ताह ज्ञान महायज्ञ यही फागुन ५ गतेबाट ११ गतेसम्म विद्यालयको हातामा सञ्चालन भएको थियो । सो बिद्यालयमा स्नातकोत्तर र थप अन्य विषयमा स्नातक कक्षा संचालन भएपछि मैदी, ढोला, खरी लगाएतका गाविसका विद्यार्थीहरु प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् । पण्डित राघब उपाध्यायकोे प्रमुख वाचन रहेको सप्ताह ज्ञान महायज्ञमा गाउँहरुले बिद्यालयलाई आफ्नो औकात हेरी एक सय देखि २ लाख ५० हजारसम्म दान गरेका थिए । मावि उच्चमावि र क्याम्पस सञ्चालन गर्दैै आएको मैदीकै पुरानो यस विद्यालयमा सङकाय थप गरिएपछि यस क्षेत्रको शौक्षिक केन्द्र बन्ने विश्वास लिइएको छ । महायज्ञमा सबै भन्दा बढी भूपु बिद्यार्थी ढोल २ पुर्सुकका समाजसेवी परु तिमिल्सीनाले दुई लाख ५० हजार रुपौयाँ नगद बिद्यालयलाई दान गर्नु भएको थियो ।
महायज्ञमा सवै भन्दा धेरै दान गर्ने तिमिल्सीनालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने विद्यालयको कक्षा कोठामा ३ जना चन्दा दाताको नामबाट नामाकरण गरी मेटल ल्पेटमा लेखेर कक्षा कोठाको ढोकामा राखिने विद्यायले जनाएको छ । स्नातकोत्तर कक्षाको अभावले विद्यार्थी टाढा जानुपर्ने बाध्यता भएकाले आर्थिक सहयोग जुटाउन महायज्ञ सञ्चालन गरिएको विद्यालयका मूल आयोजन समितिका अध्यक्ष बोधनारायण श्रेष्ठले बताउनु भयो ।

No comments:
Post a Comment