धादिङ, मार्पाक फागुन १३ गते / धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने मार्पाक गाविसमा जुवा–तास तथा जाँड रक्सी बन्द गरौँ, गाउँघर सफा राखौँ भन्ने मुल नाराका साथ आज जनचेतना मुलक ¥याली सम्पन्न भएको छ । नेत्रावती समतामूलक युवा समाज मार्पाक बोराङको आयोजनामा मंगलादेवी माध्यमिक विद्यालय बोराङबाट सुरु भएको ¥याली साँपटारी हुँदै दार्खा १ किन्ताङफेदीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा क्लवका पधाधिकारी मंगलादेवी माध्यमिक विद्यालय मार्पाकका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो । ¥याली पश्चात किन्ताङफेदीमा भएको कोणसभामा क्लवका अध्यक्ष सरस्वती अधिकारीको अध्यक्षता र किन्ताङफेदी टोल सुधार समितिका अध्यक्ष एकबहदुर अधिकारीको प्रमुख आतिथ्य रहेको । कोणसभामा स्वास्थ्यकर्मी प्रेम फुयाँल लगायतले मन्तव्य राख्नु भएको मार्पाकबाट नयन केसीले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment