“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, March 10, 2011

शिक्षकहरु जन्त जाँदा मावि स्कुलमा पठन–पाठन ठप्प २४ गते नारी दिवसको दिन पढाएर आज सट्टा विदा गरेका हौ – प्र.अ. अधिकारी

२६ फागुन, धादिङबेसी/   शैक्षिक शत्र २०६६÷०६७ को अन्तिम चरणमा यति बेला विद्यार्थीहरु परिक्षाको अन्तिम तयारीमा रहेका छन् । यो समय विद्यार्थीहरु पठन–पाठनमा अलि बढि नै व्यस्त हुने गर्छन र शिक्षकहरुले पनि बढि नै मेहनत गरेर विद्यार्थीहरुलाई अध्यापन गराउने गर्छन । यहि समयमा शिक्षक÷शिक्षीकाहरु जन्त गएर विद्यालय बन्द भएको सुन्दा अचम्म लाग्न सक्छ, तर यस्तै भएको धादिङ जिल्लाको एक माध्यमिक विद्यालयमा

धादिङको ढोला गाउँ विकास समिति स्थित कालिका माध्यमिक विद्यालयमा आज पठन–पाठन ठप्प रह्यो । कारण हो विद्यालयका शिक्षक भरत दुवाडीको विबाह । शिक्षकहरु सबै जन्त गएपछि विद्यालय बन्द हुँदा आफूहरु मर्कामा परेको विद्यार्थीहरुले गुनासो गरेका छन् । आज विद्यालय बन्द भनेर थाहा नपाएकोले आफूहरु विद्यालय आएर फर्किनु परेको नाम नबताउने सर्तमा एक विद्यार्थीले बताए । विद्यालयका प्रधानाध्यापक सीताराम अधिकारीले भने गत २४ गते नारी दिवसको दिन पढाएर आज सट्टा विदा गरेको बताएका छन् । शिक्षकहरुले आफ्नै स्टाफको विबाहमा जन्त जानपाउनु पर्ने भनेर दबाब दिएपछि आफूले बाध्य भएर विद्यालय बन्द गरेको उनको भनाइ छ । यसबारेमा आफूले विद्यार्थीहरुलाई पहिले जानकारी गराएको उनले दावी गरेकाछन् ।
यता जिल्ला शिक्षा कार्यलय  धादिङले सार्वजनीक विदाको दिन पढाएर अन्य दिन सट्टा विदा गर्नु नियमावली विपरित भएको बताएको छ । जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरिक्षक कृष्णकुमार श्रेष्ठले हरेका विद्यालयले आफ्नो अनुकुलता अनुसार वर्षको ५ दिन सट्टा विदा गर्न पाउने व्यबस्था भएपनि सार्वजनीक विदाको दिन पढाएर अन्य दिन विद्यालय बन्द गर्नु शिक्षा नियमावली विपरित भएको बताउनु भएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika