नारायण सिलवाल, फागुन २७
धादिङबेसी / धादिङ जिल्लाको सदरमुकाम निलकण्ठ गाउँ विकास समिति वडा नं. २ भुलभुलेमा केहि युवाहरुको कुटाइबाट एक दलित युवक गम्भिर घाइते भएका छन् । आज बेलुकी ७ बजेतिर घरमा बसिरहेको अवस्थामा नारायण परियारलाई सोही ठाउँका अन्य युवाहरुले बोलाएर घर भन्दा केहि पर लगि कुटपिट गरेका थिए । रड प्रहारबाट हात, खुट्टा र टाउकोमा गम्भिर चोट लागेकाले परियार अचेत अवस्थामा रहेका छन् ।
उनलाई सदरमुकाम धादिङबेशी स्थित शहिद मेमोरियल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौं पठाइएको छ भने कुटपिटमा संलग्न युवाहरु फरार रहेकाले उनिहरुको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

No comments:
Post a Comment