धादिङबेसी चैत्र ४ गते / निर्वाचन कार्यलय धादिङले चैत्र १६ देखि जेष्ठ १६ गते सम्म जिल्लामा फोटो सहित मतदाता नामावली संगलन गर्ने बतायको छ । आज धादिङबेसीमा एक अन्तर क्रिया कार्यक्रम आयोजना गर्दै उक्त कुरा जानकारी गराएको हो । कार्यक्रममा जिल्लामा क्रियासिल राजनीतिक दलका प्रतिनीधिहरु, संचार कर्मी, सरकारी कार्यालय प्रमुखहरु, विभिन्न संघ– संस्थाका प्रतिनीधिहरु, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले मतदाता नामावली संकलन कार्यमा पुर्ण रुपमा सहयोग गरिने बताएका थिए । मतदाता संकलन गर्न टोल टोल, घर, घर मा निर्वाचन कार्यलय अन्तर गतको टोली आउने हुँदा फोटो सहित मतदाता नामावली संकलनमा सवै १६ वर्ष पुगेका नेपाली नागरीकता प्राप्त व्यक्तिहरुले सहभागी हुनु पर्ने अन्यथा १६ चैत्र पछि जिल्ला निर्वाचन कार्यलयमा फोटो सहितको नामावली दर्ता गर्न सकिने निर्वाचन कार्यालय धादिङका प्रमुख रामकृष्ण अधिकारीले जानकारी गराउनुभएको थियो । उहाँले ०६३ सालको मतदाता नामावली संख्या २ लाख ७६हजार २५९ हेको थियो भने अव गरिने फोटो सहितको मतदाता संकलनमा १लाख ६३ हजार ८९५ सहभागी हुने अनुमान गरिएको समेत बताउनुभएको थियो ।
Gallery pack
-
This pack contains all the galleries ever released on FlashXML.net: Popout
Gallery FX, Polaroid Gallery FX, Photo Wall FX, Photo Gallery FX, Photo
Flippe...
13 years ago
No comments:
Post a Comment