चैत ११ गते
नुवाकोटको क्षेत्र नं. १ स्थित पूर्वी भेगमा रहेको कुमरी गाविसमा स्थानीय किसानको घरमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनसम्पत्ति नोक्सान भएको छ । आगलागीमा परी दर्जनौं पशुचौपाया समेत मरेका छन् ।
कुमरी गाविस वडा नं. ५ थाप्लेपाखाका किसान शालिकराम ढुंगेलको एकतले घरमा दिउँसो आगलागी हुँदा लत्ताकपडा, धनमाल र पशुचौपाया गरी चारलाख रुपैयाँ भन्दा बढीको क्षति भएको छिमेकी भोला ढुंगेलले जानकारी दिनुभयो । दिउँसो घरमा कोही पनि नभएको बेलामा भएको आगलागीले मानवीय क्षति भने हुन नपाएको ढुंगेलले वताउनुभयो ।
आगलागीबाट लत्ताकपडा र धनमालसहित दुई वटा भैंसी, एउटा गाई, पाँचवटा बाख्रा र १० वटा कुखुरा जलेर मरेको वताइएको छ ।

No comments:
Post a Comment