![]() |
चिरञ्जीवी वाग्लेको गोरखा रहेको घर |
चैत्र ५ गते सङ्गम तिवारी / बुँकोट,चाँपाबोट
भ्रष्टाचारको केशमा काठमाण्डौको जेलमा रहेका नेपाली काँगे्रसका नेता तथा पूर्वमन्त्री चिरिन्जीवी वाग्लेको गोरखाको वुङकोट –६ चाँपाबोटको घरमा गन्धे फुलेको छ भने आँगनमा सुप र गाँजा उम्रेको छ ।
पूरानो दुई तलाको दुई तिर ढोका भएको सामान्य घरको पिंडिमा निलो रंगको फरिया , पूरानो डसना, पिंध भत्केको ४ पाथे डाली र तोरी केही मुठी तोरी पोखीएको र छरपस्ट सामान छ ।
आफ्नी फुपु वस्ने गरेको घरमा १६ गते पुसवाट घर छोडेर आफ्नै घर घ्याल्चोक लामिडाँडामा गएपछि वाग्लेको घर झन भताभुङ वनेको हो ।
४ घर वाग्ले परिवार र २ घर भुजेल परिवार भएको चाँपाबोट गाउँमा अहिले १ घर मात्र वाग्ले परिवारको घर छ । चिरन्जीवी वाग्लेको वावु पट्टीको दाई वताउने शिवराज वाग्लेले विहीवार वेलुका वाग्ले जेल परेको सुनाउनुभयो ।
वेलुकाको खाना खाने वेलामा रेडियोवाट समाचार सुनियो,पहिलेत नरमाईलो लाग्यो,खान पनि मन लागेन ,ज्यादै दुःख लाग्यो वाग्लेकी वँकोट स्थित गाउँमा वस्ने भाउजुले वताईन् ।
चिरन्जीवी वाग्लेले गाउँमा केही पनि विकास नगरेकोमा ती भाउजु आक्रोश व्यक्त गर्दछिन् । भन्नेले मन्त्रीगाउँ भन्ने गर्दछन् तर यस्तो हालत छ , पानी लिन ५ मिनेट पल्लोपट्टी जंगलनीर कुवा छ, विजुली छैन, मोटरवाटो छैन मन्त्री गाउँको वेज्यत नै पारेको छ ।
गोरखा जिल्लाका सवै ठाउँमा विजुली पुगे तर हामीलाई विजुली भनेको कुन चराको नाम हो थाहा छैन, त्यत्रो पढेको थियो, त्यती लामो समय सम्म मन्त्री भयो तर केहीनी गरेन भाउनुले वताईन् ।
वरु एसएलसी पास गरेकी पार्वती थापाले गाउँनै झलमल पारिन्, गाउँ गाउँमा मोटरवाटो पु¥याईन् , हाम्रो चिरिन्जीवीले केही गरेन ।
शुक्रवारको १२ वजे भात खाएर चुढ्न लागेका शिवराज वाग्लेकी श्रीमती चिरिन्जीवीको भाउजु मोटरवाटो भन्दा पनि विजुलीको ज्यादा चर्काे परेको वताउनुहुन्छ । पानी लिन ५ मिनेट टाढा जंगल नजिक कुवामा लिन जानुपर्ने र पानीको धारा मात्र रहेको छ ।
सवैले मन्त्रीको गाउँ भन्दछन् नत विजुली, नत खानेपानी, नत मोटरवाटो लाजै मर्दाे भयो चिरिन्जीवीले त्यत्रो पैशा कमाएको भन्ने सुनियो तर गाउँको केही विकास गरेन ।
घर तल वेशीमा विजुली आईसक्यो, मोटरवाटो आईसक्यो तर यो गाउँ विजुली मुनिको अंध्यारो वनेको छ शिवरावले वताउनुभयो ।
४ घर वाग्ले परिवार र २ घर भुजेल परिवार भएको चाँपावोटमा ३ घरमा ढोका लागेको छ भने ३ घरमा मात्र मानिसहरु रहेका छन् । वाग्ले परिवारको त १ घर मात्र छ त्यो पनि एक जना ७३ वर्षिय शिवराज र उहाँकी ५ दर्जन पुरा गरेकी श्रीमती ।
फिनाम गाविकको पंलेथोकवाट जिजुवुवा टीका निधीको पालामा वसाँई सरी आएका यी वाग्ले परिवार सामान्य परिवारनै थिए । उहाँहरु ४ भाईको परिवारमा सवैको ५० हल धान फल्ने खेत नै हो । सम्पतीको नाममा यी नै हो ।
गाई, भैसी पाल्ने दुध मोही , चिसो हावापानी र रसिला वाग्ले परिवार संस्कृत पढ्ने र यजमान गर्ने मुख्य पेशा रहेको छ ।
चिरिन्जीको दाई शिवराज भन्नुहुन्छ पुरानो जुगको मान्छे हामी माओवादी नेता वावुराम भट्राईले गोरखलाई भवसागर विकास गरेको तर यो गाउँमा ढोड वालेर वस्नु पर्ने वाध्यता रहेको वताउनुहुन्छ ।
भाई चिरिन्जीवीले हालै गरेको विवाहमा निम्ता समेत नगरेको र विरामी भएको वेलामा १ पटक मात्र कालोपुलको घरमा गएको २ ओटा सुक्का रोटी खाई १ घन्टामानै फर्केको, आफुलाई राम्रो व्यवहार नगरेको चिरिन्जीवीको दाई शिवराजले गुनासो गर्नुभयो ।
भाई चिरिन्जीवी वाग्लेको वुद्धि छोटो भएर आजको यो स्थिति आएको वताउँदै शिवराज यस्ता नेपालमा धेरै रहेको र सवैलाई कारवाही गर्नुपर्ने वताउनुहुन्छ ।
गल्ती नगरेको भएर जेलमा थुनेको भए हाम्रो वडाको ३०० महिला लिई आन्दोलनमा जान्थे तर गल्ती गरेको सर्वोच्चलेनै फैसला गरेपछि के गर्ने हो चिरिन्जीवीको भाउजुले वताउनुभयो ।
माथिल्लो घरकी ८२ वर्षिय विधवा डिलमायाँ भुजेल पनि चिरिन्जीवीले खाली आफ्नै निम्ति मात्र गरेको गाउँको केही विकास नगरेको र चाँडैनै विजुली वत्ती वाल्न गाउँ आएको सवैलाई भन्ने गरेको हामीलाई वताउनुभयो ।
यहाँका सवै वाग्ले साह्रै धनी होईनन् जम्मा ४ घर छ सवैका लगभग ५० मुरी आउने खेत छ, पहिलेको कालमा पैशा भन्दा टौवा नै सम्पती हो । यी वाग्ले परिवार चिसापानी खाए, जजमान गरे, छोराछोरी रानीपोखरी पाठशाला पढाए यस्तै हो वाग्ले परिवारको इतिहाँस ।
चिरिन्जी वाग्लेका वुँकोटमा रहेका ४ घरका परिवारहरुमा वृहस्पती, शिवराज र जीवन रहेका छन् ।
No comments:
Post a Comment