“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Saturday, March 26, 2011

संखुवासभा, सुनसरी र सप्तरीमा आगलागी, २ करोड बढीको क्षती

विराटनगर, चैत १२ ।
संखुवासभा, सुनसरी र सप्तरीमा भएको भिषण आगलागीमा तीन दर्जन घर जलेर नष्ट हुँदा २ करोड भन्दा बढीको क्षती भएको छ । संखुवासभाको बानेश्वर ६ विजयडाँडामा आज विहान भएको आगलागीमा एक दर्जन घर जलेर नष्ट भएका छन् ।
मानसिक सन्तुलन ठिक नभएका ४० वर्षीय रामजी तामाङले खाएको चुरोटको ठुटोवाट विहान १ वजे भएको आगलागीमा उनको घर लगायत छिमेकीहरुको घर जलेर नष्ट भएका हुन् ।

आगलागीमा १२ वटा घर, घरमा रहेका नगद तथा जिन्सी सामान जलेर नष्ट भएका छन् भने ५५ वटा खसी बाख्रा र ६ वटा बंगुर जलेर मरेको पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आगलागीवाट ७० लाख भन्दावढीको धनमाल जलेर क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागी प्रहरी र स्थानियवासीले ५ घण्टा लगाएर विहान ६ वजे नियन्त्रणमा लिएको जनाएइएको छ ।
त्यस्तै सप्तरीको पन्छेरामा आज विहान भएको आगलागीमा दुई परिवारका तीनवटा घर जलेर नष्ट भएको छन् । विहान सवा २ वजे पन्छेरा ६ का मोहम्मद सनाबुल मियाँको घरवाट अचानक लागेको आगो फैलँदा छिमेकी करामुल मियाँको दुईवटा घर समेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानियवासीको सहयोगामा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी सुनसरीको प्रकाशपुर ५ श्रीलंका टापु स्थित शान्तीनगर टोलमा हिजो साँझ भएको आगलागीमा डेढ दर्जन घरहरु जलेर नष्ट हुँदा ८५ लाख रुपैंया बराबरको क्षति भएको छ । गर्मी याम सूरु भएसँगै तराईका जिल्लाहरुमा बर्षैपिच्छे आगलागिका घटनाहरु हुने गर्दछन् ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika