“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Saturday, March 26, 2011

माओबादीको कार्यक्रमलाई लक्षित गरि बाटोमा सकेट वम

१२ चैत्र, नेपालगञ्ज ।
नेपालगञ्जबाट वेतहनी जाने वाटो अन्तरगत विर्ता गाउँ नजिक अज्ञात समुहले आज विहान सकेट वम राखे पछि स्थानीय बासिन्दा आतंकित बनेका छन् । आज विहान सो स्थानमा राखिएको वम विष्फोट भएर एक ट्याक्टरमा समेत क्षती भएको स्थानीय वासीले जनाएका छन् ।
वम भएको स्थान प्रहरीले नियन्त्रणमा लिइसकेको भएपनि स्थानीयवासीमा त्रास छ । आज एकिकृत नेकपा माओवादी वाँकेले वेतहनीमा गर्न लागेको जनसभालाई लक्षित गरी वाटोमा वम राखिएको आशंका गरिएको छ ।  उता माओवादीले सभालाई विथोल्न यस्तो हर्कत गरे पनि यस्ता गतिविधीले कार्यक्रमलाई प्रभाव नपार्ने वताएको छ ।
आज वेतहनीमा हुन लागेको जनसभावाट विभिन्न पार्टी परित्याग गरि भmण्डै ६ सय नेता, कार्यकर्ता माओवादीमा प्रवेश गर्न लागेको माओवादी वाँकेले जनाएको छ  । 
यसैबीच अज्ञात समुहले गएराती नेपालगञ्जको गणेशपुर स्थित देवाफुलवारीमा रहेको पे्रम थापाको घरमा सुतली वम विष्फोट गराएको छ । कम्पाउण्डमा वम विष्फोट भएको र बमको छर्रा लागेर घरको झ्यालको शिशा फुटेको जिल्ला प्रहरी कार्यलय वाँकेले जनाएको छ । २ दिन अघि मात्रै नेपालगंजको घरबारी टोलस्थित एक फेन्सी पसलमा बम विष्फोट गराईएको थियो । केहि दिनयता नेपालगंजमा बम विष्फोटका घटनामा बढोत्तरी भैरहेको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika