“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, March 31, 2011

बिषादी बिष हो, औषधी होइन, सुरक्षित भै प्रयोग गरौ


चन्द्रश्वर बस्ताकोटी, जोमसोम १७, चैत्र
किसानहरुलाई बिषदीले पार्ने असरको बिषयमा २ दिने बिषादीको असरको लक्षण पहिचान बिषयक कृषक तालीम मुस्ताङमा सम्पन्न भएको छ ।   
बिषदी पञ्जिकरण तथा ब्यबस्थापन शाखा हरिहर भवन तथा जिल्ला कृषि बिकास कार्यालय मुस्ताङको आयोजनामा सम्पन्न तलीममा कृषकहरुलाई बिषादी संलेषण, उत्पादन, बिक्री बितरण र  प्रयोग गर्दा बिषादी बिष हो, औषधी नभएको बताइएको थियो ।

बिषादीको लेवल अनिवार्यरुपले अध्ययन गरि सोही अनुरुप बिषादी प्रयोग गर्न कृषकलाई उक्त तालीमले उत्प्रेरीत गराएको तालीममा सहभागी एक कृषकले बताए । बिषदीको दुरुपयोगबाट हुन सक्ने दिर्धकालीन र अल्पकालीन असरको बिषयमा ब्यबहारीक एव सैधान्तिक ज्ञान कृषकहरुलाई उपलब्ध गराइएको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषी बिकास अधिकृत मेघनाथ तिमील्सिनाले बताउनु भयो । तालिमले किसानलाई बिषदीको सुरक्षित एव समुचित प्रयोग गर्न उत्प्ररित गराएको थियो । तालीमले कडा र सुरक्षित बिषदीको असरबारे जानकारी गराएकोले आफु बच्न र सम्पुर्ण बातावरणलाई असर पार्न नदिन आवश्यक सुरक्षाका लागि माक्स, एप्रोन, पन्जा, गमबुट, लगायतका सुरक्षा सामाग्रीहरु प्रयोग गर्ने बानीको बिकास गर्न सहयोग पुगेको तालीममा सहभागी किसान सकेन्द्र गौचनले बताउनुभयो । आफुले सिकेका कुराहरु आफ्नो घर, छिमेकीका साथै सबै किसानलाई बाडने सहभागीहरुले बताए ।
बिषादी पञ्जिकरण तथा ब्यबस्थापन शाखा हरिहर भवनका बिषदी रजिष्टार श्रीमती साबीत्रा बराल, जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका कृषी प्रसार अधिकृत रघुबिर श्रेष्ठ, बाली संरक्षण अधिकृत नारायण कुमार श्रेष्ठ र प्राबिधिक सहायक कमल खडकाले प्रशिक्षण दिनु भएको थियो । कार्यालय प्रमुख एव बरिष्ठ कृषी बिकास अधिकृत तिमील्सिनाले जिल्लामा रोग किराको बस्तु स्थिति, बिषदीको प्रयोग र जनचेतनाको बारेमा प्रशिक्षाथीहरुलाई जानकारी गराउनु भएको थियो । तालिममा लेतेकुञ्जो, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ लगायत गाबिसका १८ जना किसान सहभागी रहेका थिए । 

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika