१२ चैत्र, धादिङ
लामखुट्टेको टोकाईबाट लाग्ने हात्तीपाइले रोगको निवारणका लागि आज र भोली देशका ३६ जिल्लामा हात्तिपाइले रोग निवारण औषधी खुवाइदैंछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगबाट सवै नेपालीलाई जोगाउने उद्देश्यका साथ पहिलो चरणमा ओषधी खुवाउन लागेको हो ।
हात्तिपाइले रोग विरुद्धको औषधि तालिम प्राप्त स्वयमसेवकहरु घरदैलोमा पुगेर खुवाउदै छन् । हात्तिपाइले रोग प्रभावित जिल्लाहरुमा सञ्चालन गरिएको यो कार्यक्रम सफल वनाउन ३६ जिल्लामा नौ हजार स्वास्थ्यकर्मी र ६५ हजार तालिम प्राप्त स्वयम्सेवक परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।लामखुट्टेको टोकाईबाट लाग्ने हात्तीपाइले रोगको निवारणका लागि आज र भोली देशका ३६ जिल्लामा हात्तिपाइले रोग निवारण औषधी खुवाइदैंछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगबाट सवै नेपालीलाई जोगाउने उद्देश्यका साथ पहिलो चरणमा ओषधी खुवाउन लागेको हो ।
नेपालका ६० जिल्लामा बसोबास गर्ने करिब दुई करोड ५० लाख जनसङ्ख्या हात्तीपाइले रोगको जोखिममा रहेका छन् । सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग उन्मूलन गरिसक्ने नीति अनुरुप हात्तीपाइले रोग विरुद्धको औषधि ६ वर्ष सम्म प्रत्येक वर्ष वितरण गरिनेछ ।
No comments:
Post a Comment