रामहरि गजुरेल
नुवाकोट, चैत १७ गते ।
एसएलसी परिक्षाको छैटौँ दिन विहिवार नुवाकोटको एक परिक्षा केन्द्रबाट चिट चोराउने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । ऐच्छिक प्रथम विषय अर्थशास्त्रको परिक्षा चलिरहेको वेला महादेव उच्च मावि रातमाटेमा परिक्षाको नियम र मर्यादा विपरित प्रहरीद्वारा युवक पक्राउ परेका हुन् ।
चिट चोराएको विषय जटिल नभएकोले विवरण सार्वजनिक गर्दा सार्वजनिक मुद्वा चलाउनुपर्ने अवस्था आउने भएको जनाउंदै पक्राउ परेका युवकको विवरण जिल्ला प्रहरी कार्यालय नुवाकोटले उपलब्ध गराउन मानेको छैन । प्रहरी निरिक्षक बिष्णुप्रसाद पोखरेलले युवकलाई तर्साउनका लागीमात्र हिरासतमा राखिएको बताउनुभयो । युवकलाई सामान्य कारबाही र केरकार गरि बेलुकी नै छाडिने प्रहरी निरिक्षक पोखरेलले बताउनुभयो ।
No comments:
Post a Comment