चैत्र ५ गते
पृथ्वी र चन्द्रमा १९ वर्षयता शनिबार सबैभन्दा नजिक हँदैछन् । नजिकै आउने भएकाले चन्द्रमा अघिपछिको भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो (सुपर मुन० देखिनेछ । सुपर मुन औसत दूरीमा भन्दा पृथ्वीबाट ५० हजार किलोमिटर नजिक हुनेछ ।
सुपर मुनका कारण भूकम्प, सुनामीलगायत दैवीप्रकोप हुने विश्वास गरिए पनि त्यसमा सत्यता नहरकेको वैज्ञानिकहरूले बताएकाछन् ।
जापानमा आएको भूकम्प र सुनामीलाई सुपर देखिन लागेको घटनासँग जोडेर चर्चा गर्न थालिएपछि उनीहरूले यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।
सुपर मुनको असरले समुद्री ज्वार आउनसक्ने भए पनि महाविनाशकारी घटना नै ल्याउँछ भन्नु गलत हो, त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्रा।डा।उदयराज खनालले
भने । उनका अनुसार सुपर मुनले पृथ्वीको सतह केही सेन्टिमिटरसम्म खिच्न सक्छ जसलाई प्रक्रियालाई अर्थ(टाइड भनिन्छ ।
सुपर मुनले विनाश मच्चाउने कुरा अवैज्ञानिक हो, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा।डा।देवीदत्त पौडेलले भने, ुचन्द्रमा पृथ्वीको निकट आउनु वा टाढा जानु एउटा नियमित खगोलीय प्रक्रिया हो ।
चन्द्रमाले प्रत्येक साढे २९ दिनमा पृथ्वीलाई एक चक्कर लगाउँछ । यो चक्कर ५ डिग्री झुकेको लाम्चिलो गोलाकारमा
हुन्छ । लाम्चिलो गोलाकार चक्कर लगाउँदा चन्द्रमा कहिले पृथ्वीको नजिक कहिले टाढा पुग्छ । शनिबार यो पृथ्वीबाट २ लाख २१ हजार ५ सय ६७ माइलको दूरीमा हुनेछ । पृथ्वीबाट चन्द्रमाको औसत दूरी २ लाख ३८ हजार ८ सय ५७ माइल छ ।
हरेक खगोलीय पिण्डहरूले एक(अर्कालाई तानिरहेका हुन्छन् । चन्द्रमा र सूर्यले पनि पृथ्वीलाई त्यसरी नै तानिरहेका छन् । चन्द्रमा पृथ्वीको नजिकै आएपछि उसको गुरुत्वाकर्षण क्षमता बढ्न जाने भएकाले पृथ्वीमा हलचल आउन सक्ने भए पनि त्यस्तो हलचलको खासै क्षमता नहुने प्रा।डा।खनालले बताए । सुपर मुनको प्रभाव धेरै सामान्य हुन्छ,नासाको गोडार्ड स्पेस प्लाइट सेन्टरका प्रमुख वैज्ञानिक डा।जेम्स गार्भिनले पनि भनेका छन् । उनका अनुसार यसमा पृथ्वीको सतहमा ठूलो हलचल ज्वारभाटा पैदा गर्न सक्ने क्षमता हँुदैन ।
सुपरमुनका बेला पृथ्वीमा दैवी विपत्ति भएका केही उदाहरण भए पनि वैज्ञानिकहरूले भने कैयन पटक केही नभएको समेत बताएका
छन् । सन् १९३८ मा सुपर मुन आउँदा न्युजिल्यान्डमा चक्रवात आएको थियो । सन् २००५ को इन्डोनेसियामा सुनामी आउनु दुई साताअघि सुपर मुन देखिएको थियो । यस्तै सन् २००४ मा एसियामा सुनामी आएको केही पछि पनि सुपर मुन देखिएको थियो । सन् १९५५, १९७४, १९९२ मा सुपर मुन देखिँदा भने मौसममा सामान्य खरावीमात्र भएको थियो । कातिन्पुर चैत्र ५ गते


No comments:
Post a Comment