“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, April 1, 2011

धादिङ बजारको फोहोर व्यवस्थापन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ
“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ । सुगमटोल सुधार समिति र स्थानीय गैर सरकारी संस्था प्रयास नेपालको संयुक्त आयोजनामा सरोकारवालाहरु बिच एक अन्तरक्रिया कार्यक्रमबाट बजार सरसफाई अभियान संचालन गर्न लागिएको हो ।
सुगमटोल सुधार समितिका अध्यक्ष कुमार बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख भोगेन्द्रराज डोटेल,जिल्ला प्रहरी प्रमुख बसन्तराज कुबर,जिल्ला वन कार्यालयका टंक नारायण श्रेष्ठ र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले फोहोर मैला व्यवस्थापन गर्न नसक्दा जनस्वास्थ्य र वातावरणमा  पर्ने प्रभावका बारेमा जानकारी गराउनु भएको थियो । जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिकरु,सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु,पत्रकार स्थानीय बजारबासीहरु र बजार क्षेत्रबाट निस्कने फोहोर मैलाबाट पिडितहरु लगायत ६२ जनाको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा सुगमटोल सुधार समितिका सचिव राजकुमार श्रेष्ठले आगामी ६ महिनासम्म संचालन गरिने सरसफाई कार्यक्रम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नु भएको प्रयास नेपाल,धादिङका सचिव उषा बि.कले जानकारी दिनु भयो । कार्यक्रम संचालन गर्न गाविस जिविस लगायतका निकायहरुले पहल गर्नु पर्नेमा कार्यक्रमका सहभागी हरि घिमिरेको भनाई रहेको थियो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika