“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, April 19, 2011

सञ्चारकर्मीले रेडियो छाडे

कान्तिपुरबाट
धादिङ, वैशाख ५ 
रेडियो धादिङु मा कार्यरत अधिकांश रेडियोकर्मीले व्यवस्थापनसँग असहमति जनाउँदै राजीनामा दिएका छन् । केही सञ्चालक र पूर्वकर्मचारीको अनावश्यक हस्तक्षेपले रेडियो छाड्नुपरेको पत्रकारले बताएका छन् । सञ्चारकर्मीलाई रेडियो व्यवस्थापन सम्बद्ध केही व्यक्ति र पूर्वकर्मचारीले अपमानजनक शब्द प्रयोग गर्दै गाली बेइज्जती गरेको जनाउँदै नागरिक समाजका प्रतिनिधिले आपत्ति जनाएका छन् ।
अनावश्यक हस्तक्षेपका कारण काम गर्ने वातावरण नभएको, न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक नपाएको, सेवा सुविधा तथा साप्ताहिक बिदा नपाएको र कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिएको भन्दै सञ्चारकर्मीले असहमति जनाएका हुन् ।
रेडियोका तत्कालीन स्टेसन म्यानेजर सुवास खतिवडाको राजीनामापछि उक्त पदमा सञ्चालकहरूले कनिष्ठ पत्रकारलाई निमित्त कार्यक्रम संयोजक नियुक्त गरेकामा आफूहरूको असहमति रहेको राजीनामा दिएका पत्रकारले जनाएका छन् । राजीनामा दिनेमा समाचार प्रमुख सानुबाबु तिमिल्सिना, समाचार कक्षका केशव अधिकारी, वरिष्ठ प्राविधिक भुवन पौडेल, कार्यक्रम उत्पादक तथा समाचार प्रस्तोता गायत्री खतिवडा, कार्यक्रम सञ्चालक श्याम शीतललगायत छन् । व्यवस्थापनले आइतबार उनीहरूको राजीनामा स्वीकृत गरेको छ ।
प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका संवाददाता केशव अधिकारीले भने व्यस्थापन पक्ष श्रमजीवी पत्रकारको हितमा नदेखिएको भन्दै एक महिनाअघि नै राजीनामा दिएका थिए । यसअघि पनि रेडियो स्टेसनका तत्कालीन प्रमुखको व्यवहारसँग असन्तुष्टि जनाउँदै कार्यक्रम संयोजक नारायणचन्द्र सुवेदी र उत्पादक बुद्धिमान वाइबाले छाडेका थिए । माले नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको ग्रामीण सञ्चार सहकारी संस्थाले ४ वर्षअघि उक्त रेडियो प्रसारणमा ल्याएको हो ।
प्रकाशित २०६८ वैशाख ६

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika